About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
प्रेस स्वतन्त्रता दिवसको अवसरमा पश्चिम नवलपरासीमा प्रभातफेरी र कोणसभा

Darpanpost बिहिबार, बैशाख २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

२० वैशाख ।

नेपाली पत्रकारले खेलेको भुमिकाकै कारण देशमा आमुल परीवर्तन आएको सरोकारवालाहरुले बताएका छन् । प्रेसलाइ कही कतैबाट अंकुश लगाउने काम हुन नहुने उनीहरुको जोड छ ।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाले आज परासीमा आयोजना गरेको प्रभातफेरी पछिको कोण सभामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । वक्ताहरुले पत्रकारहरुले कसैको दवावामा नपरी निर्धक्क रुपले कलम चलाउन पाउनुपर्ने बताएका थिए । पत्रकार महासंघका सचिव राजकुमार रेश्मीको अध्यक्षता तथा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य बेचु गौड, पुर्व जिल्ला सभापति टिकाराम गैरे, नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष कृष्ण सिग्देल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवाली, मानवअधिकार संगठनका जिल्ला सभापति कैलाश ठाकुर, प्रेस सेन्टरका जिल्ला संयोजक वेनिबाधम बस्याल, प्रेस चौतारीका जिल्ला सचिव मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com