About Contact
१२ मंसिर २०७९, सोमबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

प्रधानमन्त्रीद्वारा प्रदेश नम्बर ५ को संसदमा १ घन्टा ३ मिनेट लामो सम्बोधन ( हेर्नुस् भिडियो सहित ) ।

Darpanpost आइतबार, बैशाख १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / १६ वैशाख ,बुटवल ।  प्रदेश नम्बर ५ को  संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले १ घन्टा ३ मिनेट लामो सम्बोधन गर्नुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए ।

प्रदेश नम्बर ५ को बिशेष बैठकलाई  सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले विकासमा प्रदेशलाई नमूना बनाउनुपर्ने बताए ।

लुम्बिनी आउने क्रममा  प्रदेशसभामा सम्बोधन गर्ने कार्यतालिका बनाएका ओलीले  आज बिहान  ९ बजे  प्रदेश सभामा सम्वोधन गर्ने कार्यतालिका थियो । तर, उनी  १० बजेर ४० मिनेट मात्र  प्रदेश सभामा सम्वोधन गर्न पुगेका थिए ।
उनले १ घण्टा ४ मिनेट ऐतिहासिक प्रदेशसभालाई सम्बोधन गरेका छन् । १ बजेर ४० मिनेटमा सम्वोधन गर्न शुरु गरेको ओलीले ११ बजेर ४४ मिनेट सम्म भाषण गरेका थिए ।

 

सम्बोधनका क्रममा प्रदेश नम्बर ५ को  प्रशसा गर्न धेरै समय खर्च गरेका ओलीले कृषि र पर्यटनबाट यो प्रदेश समुद्ध बनाउन सकिने बताए ।

उनले प्रदेश नम्बर ५ दुनियाँ अन्धार हुँदा ज्ञानको ज्योति छर्ने बुद्ध जन्मेकोस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

ओलीले  संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको पनि बताए ।

 

संघीयताले अधिकार, अवसर र सुरक्षा सम्मान, सामाजिक न्याय ल्याएको पनि ओलीले बताए ।
‘प्रादेशिक संरचना, प्रदेशसभा सरकार सबैलाई बधाई दिन चाहन्छु ’,  उनले भने, ‘आज पहिलोपटक म यहाँहरुको यस प्रदेशसभाको सम्बोधनका लागि सांसदको सफलताका निम्ति, सभामुख महोदयको सफलताका निम्ति हार्दिक शूभकामना व्यक्त गर्दछु ।’

‘पहिला केन्द्रमा सरकारमा हुन्थ्यो, अब प्रदेशमा पनि सरकार हुन्छ । यस प्रदेशसभामा आज उपस्थित भएको छु  । यो आधा दशकको उपलब्धी हो’, उनले सम्बोधनका क्रममा भने ।

आधा दशक भन्दा बढि नेपाली जनता कठिनाइपूर्ण संघर्ष पार गरेर आजको अधिकार सम्पन्न घडीमा आइपुगेको पनि ओलीले बताए ।

प्रदेश ५ को प्रदेशसभा मा सम्बोधन गरेपछि अोली गौतम बुद्ध को जन्म भुमि लुम्बिनी जानुभएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेता चौधरीद्धारा जनसम्पर्क कार्यालय स्थापना
बधाई लिने होइन बधाई दिने हो अब्दुल रज्जाक ।

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com