About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
पर्यटन पत्रकार संघद्धारा चुहाडीको पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया

Darpanpost शनिबार, बैशाख १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बैशाख १५

नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल कुमावर्ति माता क्षेत्र(चुहाडी)मा पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना आवश्यक रहेको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।
चुहाडी सत्तपत्तिको पर्यटन प्रवद्र्धनको विषयमा आज नेपाल पर्यटन पत्रकार संघ नवलपरासी(पश्चिम)को आयोजनामा सत्तपत्तिमै भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।
नेपाल पर्यटन पत्रकार संंघका जिल्ला अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अध्यक्ष पाण्डेले सो क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको बताउनभुयो ।
कार्यक्रममा सुस्ता गाउँपालिकाका प्रवक्ता एवं वडा न.. २ का अध्यक्ष कृष्णलाल मुखिया, चुहाडी क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ओमनारायण चौधरी, पत्रकार प्रमोद अर्याल, पर्यटन पत्रकार संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी, उपाध्यक्ष सम्झना विक, सचिव रमेश भुसाल, सहसचिव राजु पोखरेल, प्रदेश प्रतिनिधि विष्णु खनाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको संंघका जिल्ला सदस्य दिपक खनालले जानकारी दिनुभयो ।
यसैगरी
नेपाल पर्यटन पत्रकार संघ पश्चिम नवलपरासीको दोस्रो बैठक पनि आज सुस्ताको वडा नं. २ मा सम्पन्न भएको छ । संघका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको बैठकले नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासी र पत्रकार प्रमोद अर्याललाई सल्लाहकार मनोनयन गरेको छ ।
यसैगरी यही बैशाख १७ गते बुद्धजयन्तीको अवसरमा रामग्राम स्तुपमा हुने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने, जिल्लाका बुद्धसँग सम्बन्धित क्षेत्रको विकासका लागि लुुम्बिनि विकास कोष सँग र समग्र पर्यटनको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने लगायतको निर्णयहरु गरेको संघका सचिव रमेश भुसालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com