About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
पहिलोपटक गौतमबुद्धको मावलीगाउँ देबदहमा बुद्ध जयन्ती मनाइने भएको छ ।

Darpanpost बिहिबार, बैशाख १३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / १३ वैशाख बुटवल । विश्व प्रसिद्ध  गौतम बुद्ध को मावलिगाउँमा  पहिलोपटक बुद्ध जयन्ती मनाइने भएको छ।

बैसाख १५ गते देवदह नगरपालिका पर्यटन प्रबद्र्धन तथा बिकास समितिको आयोजना र लुम्बिनी बिकास कोषको सहयोगमा २५६२ औं बुद्ध जयन्ती मुल समारोहको आयोजना गरिएको हो ।

भवानीपुरमा हुने कार्यक्रममा संस्कृतीमन्त्री रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यमा मूल समारोह हुने देवदह नगरपालिका प्रमुख तथा पर्यटन प्रबद्र्धन तथा बिकास समितिका संयोजक हिराबहादुर खत्री (केसी)ले बताए ।

‘हामी देबदहको एकिकृत बिकासको निम्ति लागिरहेका छौं,आजसम्मका हाम्रा प्रयासलाइ सार्थक बनाउनका लागि नगरपालिकाले महत्वकांक्षी योजनापनि अघि सारेको छ ।’

देबदहमा आयोजित पत्रकार सम्मेलनमा खत्रीले भने । देबदहको ऐतिहासिक,धार्मिक सामाजिक र पर्यटकीय महत्वलाइ थप उजागर गर्ने र बुद्ध मावलीको बिकासका लागि यस्तो कार्यक्रम फलदायी हुेन केसीको भनाइ छ ।

लुम्बिनी र यससंग जोडिएका रुपन्देहीको देबदह,नवलपरासीको रामग्रा तथा कपिलबस्तुको तिलौराकोटको एकिकृत बिकास गर्नुपर्ने उनको धारणा छ ।

भगवान गौतमबुद्धको जन्म स्थल लुम्बिनीबाट ५७ किलोमिटर पूर्वमा रहेको रुपन्देहीको देबदह बुद्धकी आमा मायादेबी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको माइति स्थल समेत हो ।

सो समारोहमा स्थानीय सांस्कृतिक महत्वका प्रदर्शनी,बुद्धका दर्शन र नैतिक आचरण प्रबद्र्धनका लागि बिशेष प्रबचन समेत हुनेछ ।
२५६२ औं बुद्ध जयन्तीका अबसरमा देबदहमा रहेका धर्माेदयसभा र मायादेबी पार्कमा सप्ताहब्यापी कार्यक्रम पनि संचालन गरिएको देबदह नगरपालिकाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com