वैशाख – १२ काठमाडौं
नेपाल राष्ट्र बैंकले बुधबारबाट नयाँ डिजाइन सहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । यसमा परिवर्तनहरु गरिएका छन् ।
अाकार भने साविककै कायम गरिएको छ । यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ थिए ।
अहिले दुई वटा पाटे बाघ सट्टामा एउटा मात्रै राखिएको छ । नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ ।
नोटमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ ।
३.५ मिलिमिटर चोडा भएको र नोटलाई सिधा हेर्दा रातो रङ तथा ढल्काएर हेर्दा हरियो रङ देखिने गरी सुरक्षण धागो पनि राखिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र छ ।
साथै लालीगुराँसको पानी छापको बायाँतर्फ दृष्टि विहीनले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि छन् ।