अमृत भट्टराई / ११ वैशाख बुटवल नेपाल आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्नका लागि इन्धन ओसार्ने ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरेको छ ।
पहिलो चरणमा भारतको सिलिगुडीबाट नेपाल आयात हुने इन्धन बोक्ने ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरेको हो ।
रुपन्देहीको भलबारीमा रहेको नेपाल आयल निगम भलबारी डिपोमा एक कार्यक्रमका बिच लकिङ प्रणाली शुभारम्भ गरिएको हो । भारतको सिलिगुडीबाट इन्धन बोकेर नेपाल भित्रिने सबै ट्यांकरहरुमा लकिङ प्रणाली लागू गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
गोइतले भलबारी डिपोको भन्डारन क्षमता बिस्तार गरिने उल्लेख गरे ।
‘पछिल्लो समय बिचबाटोमै इन्धन चोरी हुनेक्रम बढको छ,अब पूर्णतया बन्देज हुनेछ ।’उनले भने । इण्डियन आयल कर्पोरेशन (आईओसी)को टोलीसंगको सहकार्यमा लामो अध्ययन पछि नेपालमा पनि यो प्रणाली शुभारम्भ गरिएको आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
सोही अध्ययन प्रतिवेदनको सुझावअनुसार पहिलो चरणमा सिलिगुडीबाट भित्रिने ट्याङ्करमा सो प्रणाली लागू गर्ने निर्णय गरिएको निगमले बताएको छ ।
लकिङ प्रणाली लागू हुदा आगामी दिनमा ट्यांकरबाट हुने इन्धन चोरी ,चुहावट पुरै नियन्त्रणमा आउनेछ । यसअघिको शिललाइ परिमार्जन गरेर लकिङ प्रणाली (बलियो शिल सहितको चाबी ) शुरु गरिएको हो । प्रणाली सजिलै फुटाउन सकिदैन र यो नखोली तेल निकाल्न मिल्दैन त्यसैले यस्को प्रभाबकारीता बढि देखिने अनुमान गरिएको छ ।
प्रणालीको तालाको संँचो आईओसीसंग र निगमसंग मात्रै हुनेहुदा चोरी पैठारी रोकिन्छ । आइओसीका कमर्सियल डिपार्टमेन्ट चिफ एसएस बोसले यसबाट तेल चोरी बन्द हुने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले यसलाइ सबैलाइ पालना गर्नुपर्ने र कार्यान्वयनका लागि सबैको सहयोग आबश्यक हुने बताए ।
नेपाल आयल निगम भलबारी क्षेत्रिय (प्रदेश ५) डिपोका प्रमुख अशोक शाहले यो प्रणलीलाइ जेठ ३१ सम्म सबै टेंकरले अनिबार्य जडान गर्नुपर्ने नगरेमा तेल ढुवानी गर्न नै नपाउने बताए ।
उनले डिपोबाट अन्यत्र लैजानका लागि पनि अब लकिङ प्रणाली आबश्यक हुने बताए ।
निगमले अबको १५ दिनभित्र भैरहवा नाका हुदै आइओसीको गोन्डा डिपो र नेपालगन्ज नाका हुँदै आइओसीको बेतालपुर डिपोबाट ल्याउने तेलका ट्यांकटरमा पनि यसरी ताला लगाउने तयारी गरेको निगमले जनाएको छ ।
तिलाेत्तमा नगर प्रमुख बासुदेब घिमिरेले सडककाे अबस्था पनि सुधार हुन अाबश्यक रहेकाे बताए । उनले प्रणालीलाई कडाइ गरिनुपर्ने बताए ।
पश्चिमाञ्चल पेट्राेलियम डिलर्स एसाेशीएसनका अध्यक्ष प्रेम न्याैपानेले ढुवानी गर्ने ट्याकंर सन् २०१० बाट नथपिएकाे भन्दै त्यसतर्फ ध्यान जानुपर्ने बताए ।
निगमका अनुसार हाल १ हजार ५ सय टंयाकरले इन्धन ढुवानी गर्दै आइरहेका छन् । भलबारी डिपोले ८ जिल्लाका २७० डिपोमा इन्धन पुर्याउने गरेको छ ।