About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सुजु मल्लको परिवारले भन्यो तत्कालीन दुई डीएसपीमाथि पनि छानबिन होस् ।

Darpanpost आइतबार, बैशाख ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ९ वैशाख , बुटवल  ।  रुपन्देही जिल्लामा पछिल्लो समयमा अपराधी समुहका मुख्य नाइके मनोज पुन को मृत्यु सँगै उनका सहयोगीहरु पनि एक पछि अर्को गर्दै समातिएका हुन । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका नेता सुजु मल्लको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् ।

मल्लकी श्रीमती सिर्जना ताम्राकारले आइतबार बुटवलमा पत्रकार सम्मेलन अायोजना गरिन् । मनोज पुनले आफ्ना श्रीमान सुजुलाई विगतमा मार्ने धम्की दिने गरेको सिर्जनाले दाबी गरिन् ।

मनोजले त्यसबेला दिएको धम्कीबारे इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी मुकुन्द मरासिनी र पवनकुमार भट्टराईलाई जानकारी गराएको दावी गर्दै उनले यसबारे छानविन गर्न माग गरिन् ।

मनोजले फोन गरेर ‘कि पैसा दे, कि ब्यापारीहरूको नम्बर दे’ भन्दै धम्की दिएकाले नम्बर दिएको र त्यसबारे पनि डीएसपीलाई जानकारी गराएको सिर्जनाको दाबी छ ।

मनोजको इन्काउन्टर हुनु अघिसम्म सुजुको फोन सम्पर्क भएको प्रहरी दाबीमा शंका गर्दै उनले मिति प्रमाणित गर्न माग गरिन् ।

मनोजसँग सुजुको गत तिहारपछि नै सम्पर्क टुटेको सिर्जनाको दाबी छ ।

सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् ।

यसैवीच एमालेले सुजुको अभियोग अदालतबाट प्रमाणित नहुँदै पार्टीबाट निस्कासन गरेर अन्याय गरेको उनको गुनासो छ । एमालेले विज्ञप्ति जारी गरेर सुजुलार्इ पार्टीबाट निस्कासन गरेको बताएपछि सिर्जनाले यस्तो गुनासो गरेकी हुन् ।

युवा संघका केन्द्रीय सदस्य रहेका सुजुका विषयमा युवा संघले भने अहिलेसम्म मुख खोलेको छैन ।

प्रहरीले मनोज पुनका विशेष सहयोगी रहेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्लसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com