About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गुन्डा नाइके मनोज पुन का सहयोगी उत्तम आचार्य र सुजु मल्ललाई एमालेबाट निष्कासन ।

Darpanpost आइतबार, बैशाख ०९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / ९ वैशाख , बुटवल  । रुपन्देही जिल्ला मा पछिल्लो समय विभिन्न अपराधीकार्यमा संलग्नतामा रहेका मुख्य नाइके मनोज पुनकोो प्रहरी इन्काउन्टरमा मृत्यु भए सँगै उनको सहयोगी लाई पनि प्रहरीले धमाधम पक्राउ गरेको हो । आपराधिक गतिबिधिमा संलग्न गुण्डा नाईके मनोज पुनलाई अपराधिक गतिबिधिमा सघाएको आरोपमा प्रहरि हिरासतमा रहेका नेकपा एमालेको भतृ संगठन युवा संघका केन्द्रिय सदस्य सुजु मल्ल र युथ फोर्स रुपन्देहीका पुर्व नेता उत्तम आचार्यलाई नेकपा एमाले रुपन्देहीले पार्टिबाट निष्कासन गरेको छ ।

शनिबार बसेको पर्टिको जिल्ला पदाधिकारि बैठकले मल्ल र आचार्यलाई पार्टिको बिधान, निति र सिद्धान्त बिपरितको आचरणमा संलग्न रहेको भन्दै साधारण सदस्य समेत नरहेने गरि निस्कासन गरेको हो ।

“यस कारबाहिबाट प्रहरि प्रसासनको अुसन्धानमा थप सहयोग पुग्नेमा पार्टि बिश्वस्त हरेको छ” बैठक पछि नेकपा एमाले जिल्ला कमिटि रुपन्देहीका अध्यक्ष शिबराज सुवेदीद्धारा जारि बिज्ञप्तिमा भनिएको छ ।

प्रहरी इन्काउण्टरमा मारिएका कुख्यात अपराधि मनोज पुनलाई सहयोग गरेको प्रमाणका आधारमा बुधवार पक्राउ परेका सुजु मल्ललाई शुक्रबार प्रहरीले सार्बजनिक गरेको थियो ।

मल्लले अपराधिक गतिबिधि र रकम असुलीका लागि पुनलाई सुचना उपलब्ध गराएको तथ्य फोन सम्वादबाट पाइएको प्रहरीले बताएको छ ।

युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेलको हत्या तथा हत्या पश्चात आन्दोलनका सुचना समेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ ।

त्यस्तै युथ फोर्स रुपन्देहीका पुर्व नेता बुटवल ७ का उत्तम आचार्यलाई पनि प्रह्रिले सोही आरोपमा पक्राउ गरि सार्बजनिक गरिसकेको छ  उनलाई अहिले रुपन्देही प्रहरी  को नियन्त्रणमा राखिएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com