About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल गुन्डा नाइकेको सहयोगी रहेको आरोपमा पक्राउ ।

Darpanpost बिहिबार, बैशाख ०६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ६ वैशाख , बुटवल । पछिल्लो समय रुपन्देही मा बढेका अपराध मा गुन्डा नाइके मनोज का सहयोगी एकाएक पक्राउ पर्ने थालेका छन् 

मनोज पुनलाई सहयोग गरेको आरोपमा  रुपन्देही बुटवल का  सुजु मल्ल लाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।    मल्ल एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य हुन् । युवासंघको केन्द्रीय समिति बैठकमा सहभागी हुन काठमाडौं गएका बेला उनलाई पक्राउ गरिएको हो । ठेकेदार समेत रहेका मल्ललाई रुपन्देही प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो । उनलाई आज भैहवा ल्याइने रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

मनोज पुन तीनै हुन्, जसले युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेल बलुको हत्या गरे । मनोज पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

तर, मनोजको सुराकीका रुपमा युवा संघ र माओवादीका नेता नै रहेको खुलेको छ । मनोजको योजनामा ४ पुस २०७३ मा युवा संघका नेता तिवारीको हत्या भएको थियो । तिवारी हत्याको विरोधमा युवा संघले लगातार आन्दोलन गरेको थियो । आन्दोलनको अग्रपङ्तीमा मल्ल पनि हुन्थे ।

आन्दोलनमा उत्रिएर चर्का भाषण गर्ने उनी आन्दोलन टुंग्याउनका लागि दल र प्रहरी प्रशासनसँग हुने बैठकहरुमा पनि सहभागी हुन्थे । तर, बैठकमा आएका गोप्य सूचनाहरु मल्लले नै मनोज पुनलाई दिने गरेको प्रमाण फेला परेको रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले बताए ।

त्यसपछि पनि मनोजको अपराध कर्ममा सघाउन भूमिका खेलेको पाइएको ज्ञवालीले बताए ।

प्रहरीले पुनको सुराकी भएको आरोवमा माओवादी नेता लेखनाथ न्यौपाने र युवा संघका जिल्ला नेता उत्तम आचार्य, देवदह-५ का तुलसी न्यौपाने, देवदह-६ का रोशन खड्का र बुटवल-४ बस्ने हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा अन्य राजनीतिक नेतृत्व समेत तानिन सक्ने प्रहरीको अनुमान छ ।

तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जना थुनामा छन् छन् । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ति चन्दा असुली, हात हतियार तथा खरखजाना अन्तर्गत पनि मुद्दा चलाइने प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

मनोज पुन र उनका विशेष सहयोगी सोम आले ९ फागुन ९ मा प्रहरीको इन्काउन्टरमा मारिएका छन् । पुनको सहयोगी रहेका एक भारतीय नागरिकसहित केही व्यक्ति अझै फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com