About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
गुन्डा नाइके मनोज पुनाका पाँच सहयोगी रुपन्देही प्रहरीले पकाउ गरी सार्वजनिक गर्यो।

Darpanpost बुधबार, बैशाख ०५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई  / ५ वैशाख , बुटवल  । पछिल्लो समय वर्षो यताका पुराना अपराधमा संलग्नलाई प्रहरीले खोजीकार्य गर्ने थाले पछि अपराध मा संलग्न अपराधी भागाभाग गर्ने थालेका छन्   ।

रुपन्देहीमा लामो समय गुन्डागर्दी गर्ने मनोज पुनको मृत्यु सँगै उनका ५ जनाा सहयोगी लाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

मनोज पुनको समुहमा आवद्ध भएर विभिन्न अपराध   सम्लग्ग भएको आरोपमा प्रहरीले  बुटवल देवदह–५ का तुल्सी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का, बुटबल उपमहानगरपालिका–७ शिवनगरका उत्तम आचाय, स्याङ्जाको पुतलीबजार–४ घर भइ रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ छन् । लेखनाथ माओवादी केन्द्रका केन्द्रीय सदस्य, उत्तम युवा संघ रुपन्देहीका पूर्व नेता र श्रेष्ठ मदिरा उद्योगी हुन् । उनीहरुलाई पक्राउ गरी बुधबार बुटवलमा प्रहरीले सार्वजनिक गरेको हो । रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीका अनुसार उनीहरुले मनोजलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्दै आर्थिक सहयोग समेत गर्ने गरेका थिए । मनोजलाई विभिन्न ब्यक्तिहरुको विवरण उपलब्ध गराउने उनीहरु माथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाईएको एसपी ज्ञवालीले बताउनुभयो । पछिल्लो समय  रुपन्देही मा अपराध    थि    मा प्रहरीले  निगर्ररानि बढाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com