नन्दु यादव ,बेलाटारी
प्रतापपुर गाउपालिकालाई शिक्षा क्षेत्रमा बिकास गर्न अाफुले हरेक तवर बाट तयार रहेकाे प्रतापपुर गाउपालिका का अध्यक्ष राजकुमार शर्माले बताउनु भएकाे छ ।हामिले हरेक बिद्यालय मा रहेका समस्याहरुलाई सकेसम्म समाधान गरि प्रतापपुरलाई शिक्षाकाे नमुनाक्षेत्र बनाउने हाम्रो याेजना रहेकाे समेत बताउनु भयाे ।बेलाटारीमा भएकाे बिद्यालय प्र.अ बैठकमा यस्ताे कुरा बताउनु भएकाे हाे ।प्रतापपुर मा रहेकाे सबै बिद्यालय का प्र अ वडाअध्यक्ष,र गाउपालिका पदाधिकारी हरुकाे सयुक्त बैठक ले विभिन्न कुराकाे निर्णय गरेकाे छ ।बिद्यालय भर्ना मुस्कान सहितकाे फुलअबिर लगाई स्वागतका साथ बिद्यार्थी भर्ना गर्ने,बिद्यार्थी भर्ना २ चरणमा गरि बैशाष ३१ गते सम्म सम्पन्न गर्ने, ५ गते जन निर्वाचित ब्यक्ति हरुकाे प्रमुख अतिथ्यतामा पुस्तक बितरण गर्ने लगायतका निर्णय गरिएकाे बताईएकाे छ ।स्राेत ब्यक्ति दधिराम शर्माकाे सभापतित्व तथा गाउपालिका अध्यक्ष राजकुमार शर्माकाे प्रमुख अतिथ्यतामा कार्यक्रम बैठक सम्पन्न भएकाे हाे ।कार्यक्रम मा गणेश मा बि बसहियाका प्र.अ. अभिनन्दन सिह ,वडा अध्यक्ष हेमन्त पजियार ,कादिर अलि ,मानबहादुर चाैधरी र गाउपालिकाका कार्याकारी अधिकृत बाेधराज बस्याल लगायत ले शिक्षा क्षेत्रमा बिकास गर्न सबैजना एकजुट भई लाग्नु पर्न कुरामा जाेड दिनु भयाे