दर्पण पोस्ट / वैशाख ३ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ ।
बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ दुई रुपैयाँले बढाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।