काठमाडौं, वैशाख ३ – काठमाडौंको बसुन्धरा नजिकै एक महिलाको हत्या भएको छ ।
टोखा नगरपालिकामा अन्दाजी ३५ वर्षीया महिलाको गएराति साढे ९ / १० बजेतिर शव भेटिएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने महिलाको पहिचान हुन सकेको छैन ।
उनको शरीरमा चोट लागेकाले हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।