About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
स्कुल भर्ना नगरे बुटवल उपमहानगरले सेवा सुविधा रोक्नेे।

Darpanpost सोमबार, बैशाख ०३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई / ३ बुटवल वैशाख ।   बुटवल उपमहानगरपालिकाले यसै सालदेखि आफ्नो स्कुल जाने उमेरका बालबालिकालाई बिद्यालय नपाएको पायो मा उपमहानगरपालिका ले दिने सेवा सुविधा नदिने भएको छ ।

मेयर शिवराज सुवेदीलेसार्वजनिक अपिल प्रकासित गरी भर्ना अभियानलाई प्रभावकारी बनाउन पनि सबैसँग आग्रह गरेका हुन् । नगरका १९ वटै वडा कार्यालयलाई पत्राचार गर्दै उनले भर्ना अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।

सबैसँग सहकार्य गर्दै भर्ना अभियानलाई उत्सवका रुपमा मनाउन निर्देशन जारी गरिएको प्रमुख सुवेदीले बताए । साथै उनले भर्ना भएकालाई विद्यालयमा नियमति गर्न एवम् गुणस्तरीय शिक्षाको विकास गर्न पनि सार्वजनिक आहृवान गरेका छन् ।

विद्यालय जाने उमेर समूहका बालबालिकाहरुलाई भर्ना नगराउने र भर्ना गराएपनि विद्यालय नपठाउने अभिभावकको लगत संकलन गरेर पठाउन वडा कार्यालयलाई भनिएको छ । त्यस्ता अभिभावकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा रोक्का हुनेसूचना प्रवाह गर्न सबै वडा कार्यालय र मातहतका इकाइलाई निर्देशन दिइएको मेयर सुवेदीले बताए ।

बुटवलमा अहिले ३९ सामुदायिक विद्यालय छन् । प्रारम्भिक वालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाई केन्द्रको संख्या पाँच छ ।
एउटा केन्द्र भने हाल बन्द छ । यस्तै संस्थागत विद्यालयको संख्या ६२ रहेको छ ।

वैशाख १ गतेदेखि १४ गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीका लागि पूर्ण सेटमा पाठ्य पुस्तकसमेत उपलब्ध गराउन र उनीहरुलाई हौसला प्रदान गर्ने गरी स्वागत सत्कारका कार्यक्रम गर्न नगरले वडाहरुमा पत्राचार गरिसकेको छ ।

दैनिक ७ सय बालबालिकालाई खाजा खर्च !

उपमहानगरले सामुदायिकमा अध्ययन गर्ने अतिविपन्न बालबालिकालाई दैनिक खाजा खर्च उपलव्ध गराउँदै आएको छ ।

विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकाहरुलाई दैनिक २० रुपैयाँका दरले अभिभावकमार्फत खाजा खर्च उपलव्ध गराउँदै आएको शिक्षा इकाइका प्रमुखले बताए ।

यस्तै सामुदायिकमा आधारभूत तहमा अध्यय्न गर्ने सबै छात्राहरुलाई बाषिर्क चार सय दरले छात्रवृत्ति उपलव्ध गराउँदै आएको छ ।

यस्तै आधारभूत तहका सबै दलित विद्यार्थीहरु, माध्यमिक तहका सबै दलित विद्यार्थीहरुलाई पनि वाषिर्क चार सयका दरले छात्रवृत्ति उपलव्ध गराइएको छ ।

केही विपन्न बालबालिकाहरुका लागि पनि उपमहानगरले माध्यमिक तहमा विशेष छात्रवृत्ति उपलव्ध गराएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com