About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नायक अनमोल केसीलाई भेट्न भन्दै भारत बाट भागेर आएका ४ किशोरीको उद्वार ।

Darpanpost आइतबार, बैशाख ०२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं, वैशाख २ – तपाईंले भारतीय नायक नायिकालाई भेट्न भनेर घरबाट भागेका किशोर किशोरीका समाचार त सुन्नु भएकै थियो । तर अब नेपाली कलाकारलाई भेट्न भारतीय किशोर किशोरी पनि घरबाट भागेर नेपाल आउन थालेका छन् ।

नेपाली नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार जना भारतीय बालिका काठमाडौंमा भेटिएपछि अब भारतीयहरु पनि नेपाली कलाकारलाई भेट्न घरबाट भाग्न थालेका छन् भन्ने पुष्टि भएको छ ।

भारतबाट भागेर आएका १४ वर्ष मुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका  निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो । अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाडौं अलपत्र परेपछि भारत कालिङपोङमा रहेको परिवारलाई खबर गरेका थिए ।

भारतीय किशोरीका परिवारले कालिम्पोङको एक गैर सरकारी संस्थामा सम्पर्क गरेको र त्यो संस्थाले काठमाडौंको माइती नेपालमा बिहान सम्पर्क गरेपछि किशोरीको उद्धार गरिएको हो ।

उद्धार गरिएका किशोरीलाई माइती नेपालमा नै राखिएको छ । उनीहरुको बारेमा जानकारी लिएर घर फर्काइने माइती नेपालका निर्देशक खड्काले बताउनुभयो ।

नेपाली चलचित्र र नेपाली नायक नायिका नेपाली भाषी भारतीयहरुबीच निक्कै नै लोकप्रिय हुन्छन् । चलचित्रकै प्रभावमा परेर किशोरीहरु नायक अलामोललाई भेट्न नेपाल आएको अनुमान छ ।

अनमोलले अभिनय गरेका गाजलु, ड्रिम्स, होस्टल, जेरीलगायतका चलचित्र चर्चित छन् । उनको पछिल्लो चलचित्र कृले नेपाली भाषीको बाहुल्यता रहेको भारतीय बजारमा पनि राम्रो बजार पाएको थियो ।

साभार- ujaalo online बाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com