About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सबै धर्मलाइ सम्मान गर्दै हिन्दु धर्मको रक्षाका लागि सक्दो पहल गर्ने ः वडाध्यक्ष सारु ।।

Darpanpost शनिबार, बैशाख ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

१ बैशाख, २०७५, माधव अधिकारी,देवचुली ।।

वि.स. २०७४ सालमा हिन्दु धर्मको अस्तीत्वमा विभिन्न समुदायद्धारा आगाध पुग्ने कार्य भएकाले अबका दिनमा त्यस्ता कार्यको खुलेर विरोध गर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नया बर्षको अवसरमा देवचुली नगरपालिका ९ मा आज सम्पन्न गणेशको मूर्ति प्रतिस्थापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । स्थानिय व्यक्तिहरुद्धारा गठन गरीएको ब्राह्मण क्षेत्री समाज सेवा केन्द्र समितिको पहलमा मन्दिर निर्माणको कार्य अगाडी बढेको हो ।

समितिका अध्यक्ष खगराज कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिका वडा नं. ९ का अध्यक्ष मेख बहादुर सारु मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथिमा वडा प्रतिनिधि राम प्रसाद पन्त, स्थानिय समाजसेवी बालानन्द अर्याल, कृष्ण बहादुर क्षेत्री, टिकाराम भुषाल लगायत समितिका पदाधिकारीहरु रहनुभएको थियो । कोषाध्यक्ष मिना अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी बराल लगायत विशेष अतिथिहरुले आफ्नो मन्तव्य राख्दै हिन्दु धर्मको संरक्षणमा सबै मिलि लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका वडाध्यक्ष सारुले रिबन काटेर पुजा कार्यमा सहभागि भइ मन्दिर प्रतिस्थापन कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बौल्दै उहाँले सबै धर्मलाइ सम्मान गर्दै आफ्नो तर्फबाट हिन्दु धर्मको रक्षाका लागि सक्दो पहल गर्ने जानकारी गराउनुभयो । कार्यक्रममा विशेष अतिथि लगायत अन्य स्थानियले मन्दिर निर्माणका लागि निर्माण साम्रगी, सजावटका सामग्री, भजन सामग्री हस्तान्तरण सँगै अझै सहयोगको प्रतिबद्धता समेत जनाउनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव तुलसीराम अर्यालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com