About Contact
११ मंसिर २०७९, आइतबार
Close
बिज्ञापन

निर्वाचन विशेष २०७९

के हो नयाँ बर्षदेखि सामाजिक सञज्ाल फेसबुक बन्द हुन्छ भन्ने हल्ला ?

Darpanpost शनिबार, बैशाख ०१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं , वैशाख – १ गते

सूचना तथा सञ्चार मन्त्रालयले नयाँ वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाइने भनी आएको हल्ला निराधार भएको प्रष्ट पारेको छ ।

मन्त्रालयको लेटरप्याड प्रयोग गरी फेसबुक लगायतका सामाजिक सञ्जालमाथि नेपालमा भोलि दिनदेखि प्रतिबन्ध लगाउने तयारी भइरहेको भनी आएको समाचार गलत भएको मन्त्रालयले प्रष्ट पारेको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति निकाल्दै फेसबुक लगायतका कुनै पनि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागाउने निर्णय नभएको बताएको छ ।

यस्तो भ्रामक सूचना फैलाउने व्यक्तिविरुद्ध कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आग्रह गरिएको पनि मन्त्रालयले जनाएको छ ।
यस्तो समाचार कसैले सामाजिक सञ्जालमा पोष्ट गरेको वा सेयर गरेको भए तत्काल हटाउन मन्त्रालयले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरीय व्यक्तिगत तेक्वान्दो प्याटर्न च्याम्पियनसिप बुटवलमा सम्पन्न
संसद भवनमा नपुगे पनि गुल्मेलीको सेवामा हुनेछु: ज्ञावली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com