अमृत भट्टराई / ३० चैत , बुटवल । रुपन्देहीको बुटवल स्थित देवीनगर मा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा नेविसंघ ले नव बर्ष २०७५ सालको शुभकामना आदानप्रदान तथा नयाँ सालको क्यालेन्डर बिमोन गरेको छ ।
शुभकामना तथा क्यालेन्डर बिमोचन कार्यक्रम को प्रमुख महामन्त्री सरोज थापा रहेको कार्यक्रममा नेविसंघ का केन्द्रीय सदस्य टंक पाण्डे को समेत शुभकामना तथा क्यालेन्डर बिमोचन कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा नेविसंघ का विद्यार्थीहरु ले पालैपालो शुभकामना आदानप्रदान गर्नुभएको थियो । कार्यक्रममा चियापाना को समेत व्यवस्था राखिएको आयोजक नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस इकाई समितिले जनाएको छ ।
कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पसको सेमिनार हल मा सम्पन्न भएको हो ।