नन्दु यादव, बेलाटारी ।
जिल्लाकाे गुठिप्रसाैनी नाकाबाट भयकर अण्डा तस्करी भईरहेकाे छ ।सिमा नाका भारतकाे बहुअार बजार सग जाेडिएकाे याे नाकाबाट दिनदिन अण्डा तस्करी भईरहेकाे बताईएकाे छ ।भारतबाट सस्ताे मुल्यमा खरिद गरि नेपाल माेटाेे रकम लिई बेचिरहेका छन ।नेपाल सरकार ले बर्डफ्लु राेग बाट बच्नका लागि भारतिय कुखुरा तथा अण्डा नेपाल भित्र्याउन राेक लगायपनि प्रहरीकै मिलाेमताेमा तस्करहरु तस्कर गर्न सक्रिय रुपमा लागेका छन ।प्रहरीले घुमुवा राखि ब्यापारीसग पैसा लिई प्रत्येक महिना काे लागि लाईन खाई धमाधम तस्करी गराईरहेका छन।पटक पटक बिभिन्न सन्चार माध्यम बाट तस्करी काे समाचार अाउदापनि प्रहरी कुनै किसिमकाे चासाे नलिई उल्टै लाईन खाएर तस्करी गराउन प्रहरी नै सिपा भएका छन ।जिल्लाकाे पकलिहवा ,बसहिया ,भुजहवा महेशपुर लगायतका नाकाहरुबाट अण्डा,बालुवा, कपडा ,चिनि जस्ता सामानहरु काे तस्करी भईरहेकाे छ।यसै क्रममा अाज गुठि प्रसाैनी नाकाबाट ४ हजार बराबर मूल्य पर्ने ३ सय गाेटा अण्डा शशस्त्र प्रहरी बल गुठिप्रसाैनीले पक्राउ गरि नष्ट गरिएकाे स्पेटर तेजबहादुर बुढाथाेकिले जानकारी दिनु भयाे।