गंगा भण्डारी
गुल्मी । चैत २७
नेपाल पर्यटन पत्रकार संघ गुल्मीको अध्यक्षमा कौरव खत्री निर्वाचित हुनु भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले खत्रीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा हेम त्यागी, गंगा भण्डारी, सचिव अनिश गैरे सहसचिवमा हुमाकान्त पोखरेल, कोषाध्यक्ष कविराज भुसाललाई चयन गरेको छ । यस्तै अन्य सदस्यहरुमा मनु सुनार, प्रकाश घिमिरे, सन्ध्या बस्नेत, गोमा भट्टाई, दिपक नेपाली, चुरामणी तिमिल्सीना, कुसुम नेपाली हुनुहुन्छ ।
अधिवेशनले अनिता खत्री, हेम त्यागी, कौरव खत्रीलाई प्रदेश प्रतिनिधि चयन गरेको छ ।
अधिवेशनले नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, महासंघका केन्द्रिय पार्षद प्रेम सुनार हुनुहुन्छ ।