चैत २६, नवलपुर ।।
नवलपुरमा आर्टिस्ट संघको गठन भएको छ । चितवन कमर्सीयल आटिस्ट संघको संयोजकत्वमा नवलपुरमा ७ सदस्यीय आर्टिष्ट संघको गठन गरिएको हो । जसको अध्यक्षमा एन. के. आर्टसका निलकुमार थापा मगर, उपाध्यक्षमा बि. एस. आर्टस्का धन बहादुर विक, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा बुद्धि थापा र सदस्यहरुमा गणेश महत्तो, टेक बहादुर परियार, र पदम श्रेष्ठ चयन हुनुभएको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थापा ले आर्टिष्ट संघमा आबद्ध संस्थाहरुमा एउटै दर रेट कायम गरी पारदर्शि ढङ्गले व्यवसाय सञ्चालन गर्न संघ लागिपर्ने बताउनुभयो ।