टंक सुनार
चैत २५ । रुपन्देहीको देवदहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । आइतबार देवदह–७ पिपलडामा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो । बुटवलबाट खैरेनी तर्फ आउँदै गरेको लु १८ प ९६१२ नम्बरको कालो पल्सर र विपरीत दिसा तर्फ जादै गरेको ग ११ प ८०९८ नम्बरको रातो पल्सर एक आपसमा ठक्कर खादा कालो पल्सरमा सवार भारत ठुटी बारीका २६ बर्षिय तिर्थराज मधेसियाको उपचारका क्रममा लुम्बीनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।
रातो पल्लसरमा सवार पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ का २१ बर्षिय प्रज्ञान पौडेल र कालो पल्सरमा सवार भारत ठुठीबारीकै २६ बर्षिय प्रल्हाद चौहानको गम्भीर अवस्थामा उपचार भइरहेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक बिष्णु बिश्वकर्माले जानकारी दिनु भयो । घाइतेहरुको टाउको गम्भीर चोट लागेको उपचारमा संङ्लग्न डाक्टरहरुले जानकारी दिएका छन ।