About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सहयोग गरेर अघि वढ्नु पर्छ : बिश्वकर्मा

Darpanpost आइतबार, चैत्र २५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
चैत २४ । एमाले स्थाई कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर एकका सांसद छबिलाल बिश्वकर्माले एक अर्कालाई सहयोग गर्दै अघि बढ्नु पर्ने बताउनु भएको छ । एक अर्कालाई सहयोग गरेर अघि वढेका खण्डमा मात्रै उद्देश्य प्राप्त गर्न सकिने उहाको भनाई थियो । शनिबार रुपन्देहीको देवदहमा देवदह व्यापार संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिश्वकर्माले उद्योगी ब्यापारीको सुझाबलाई आत्मसाथ गर्दै सरका अघि वढ्ने बताउनु भयो ।

कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार जनतालाई अहित हुने कुनै काम नगर्ने संङ्कल्पका साथ अघि वढेको उल्लेख गर्दै उहाले जनताको अभिमत स्थीतरताको पक्षमा रहेको बताउनु भयो । राष्ट्रिय एकता र स्वाधिनतालाई मूल मन्त्र मानेर सरकार अघि वढ्ने उहाको भनाई थियो । नेता बिश्वकर्माले स्रोत साधनको तयारी गरेर मात्रै विकास नहुने भन्दै सर्वप्रथम तयारी र योजना आवश्यक हुने बताउनु भयो । तयारी र योजना भए पछि स्रोत साधन जुटाउन तर्फ लाग्नु पर्ने उहाको भनाई थियो । कार्यक्रममा बोल्दै विभिन्न ब्यापारी संगठनका अध्यक्षहरुले देशमा ब्यापारीक बातावरण बनाई दिन सरकार संग आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com