About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
तालिमको उद्घाटन

Darpanpost शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

हापुरे, चैत २३

आधारभुत कानुनी अभिमुखिकरण सम्बन्धि २ दिने तालिम को आज बबई गाउपालिका को कार्यलय हापुरेमा उदघाटन भएको छ । बबई गाउपालिका का अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षता तथा बरिष्ठ अधिबक्ता बामदेब शर्माको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन भएको हो । बबई गाउपालिका को आर्थिक सहयोग तथा कानुनि अनुसन्धान तथा परामर्स केन्द्रको प्राबिधिक सहयोगमा तालिम संचालन भएको हो । २ दिन सम्म संचालन हुने तालिममा गाउपालिका संग सम्बन्धित नियम कानुन तथा ऐन र सम्बिधान मा उल्लेख गरिएका मौलिक हक सम्बन्धि कानुन को बारेमा प्रशिक्षण दिईने छ । तालिम बबई गाउपालिका का ७ वटै वडाहरुका वडा अध्यक्ष तथा कार्यपालिका का सबै सदस्यहरुलाई दिने अध्यक्ष भुवनेश्वर पौडेलले जानकारि दिनुभएको छ । आज देखि शुरुभएको तालिममा बरिष्ठ अधिबक्ता बामदेब शमा बरिष्ठ अधिबक्ता प्रदिपकुमार धिताल बबई गाउपालिका का कानुनि सल्लाहाकार पुष्कर बहादुर भण्डारि प्रमुख प्रशाशकिय अधिकृत मार्शलकुमार वली अधिबक्ता श्रीजन चौधरी लगाएत ले प्रशिक्षण दिनुहुने छ । बबई गाउपालिका का कानुनी सल्लाहाकार पुष्कर बहादुर भण्डारी को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रको सहजिकरण अधिबक्ता श्रीजन चौधरी ले गर्नुभएको थियो ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com