About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
सामाजिक सुरक्षा भत्ताले असुरक्षीत हुने जेष्ट नागरीकले गुनासो

Darpanpost शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

देवीराम कुसारी

चैत २३, दाङ ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ताले आफुहरु असुरक्षीत हुने भएको जेष्ट नागरीकले गुनासो गरेका छन् । साविकका गाविस वाट वितरण गरीने सामाजिक सुरक्षा भत्ता वैंकीङ प्रणालि वाट दिने भएपछि आफुहरुले हैरानी खेप्नुपरेको उनिहरुले वताएका छन् । घर आगनमा बुझ्ने गरेको भत्ता वैंक वाट दिने नाममा सरकारले आफुहरुलाई दुख दिएको दंगिशरण २ का शालिकराम भण्डारीले आरोप लगाउनु भयो । वैंक प्रणालि वाट भत्ता वितरणका लागी फारम भर्न वडा कार्यालयमा आएका सतप्रतिसत जेष्ठ नागरिकले सरकारको यो कदमले आफुहरुलाई दुख दिएको वताएका छन् । खाता खोल्ने प्रकृया आफुले पूरा गर्न नसक्ने भएका कारण सामाजिक सुरक्षा भत्त नबुझ्ने जेष्टनागरिक भण्डारीले वताउनुभयो ।

खाता सञ्चालनका लागि आवश्यक पर्ने काजात जुटाउन नै समस्या भएको छ । कैयन जेष्ट नागरिकले फोटा र फोटाकपि भनेकै थाहा नपाउने भएको कारण पनि वैंककालागि खाता सञ्चालन गर्न समस्या भएको वडा कार्यालयले वताएको छ । खाता खोल्न आएका जेष्ट नागरिक विरामी समेत भएका छन् । बढि भिड र गर्मिका कारण जब्बर कुसारी फारम भर्दै गर्दा चक्राएर विरामी हुनुभयो । बृद्धअवस्था विरामी लगाएतका कारणले कैयन जेष्ट नागरिक फारम भर्न समेत आउन नसकेका छैनन् ।

खाताका लागि वडा कार्यालयमा आएका अशक्त विरामी जेष्ट नागरिकले यसरी भत्ता दिनु भन्दा भत्ता नदिएकै राम्रो हुने दुखेसो पोखेका छन् । तीन घण्टा लागाएर वडा कार्यालयमा आएकि कुक्रि चौधरीले आफु हेकुलि भत्ता लिन जाननसक्ने वताउनु भयो । पहिला घर नजिकै वाट बुझ्ने भत्ता किन टाढा पठाउनुभयो भनेर चाधरीले प्रति प्रश्न गर्नुभयो ।

यसरी भत्ता वितरण अव्यवहारिक भएको व्यापक जनगुनासो आएको प्रति गाउँ पालिकासंग छलफल चलेको सरल वनाउने प्रयास गरिरहेको वडा अध्यक्ष तुलसिराम देवकोटाले जानकारि दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com