About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
प्रदेश ५ सरकारको आर्थिक वर्ष ०७४ र ७५ को नीति तथा कार्यक्रम चैत २५ गते संसदमा प्रस्तुत

Darpanpost शनिबार, चैत्र २४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२३ चैत । प्रदेश ५ सरकारको आर्थिक वर्ष ०७४ र ७५ को नीति तथा कार्यक्रम चैत २५ गते संसदमा प्रस्तुत हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको आज शुक्रबार बसेको वैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै अल्पकालीन भएकाले नीति तथा कार्यक्रममा उल्लेखनीय विषय र नौलो कार्यक्रम केही नभएको प्रवक्ता चौधरीले बताए । मन्त्रिपरषद वैठकले चालु आर्थिक वर्षको बांकी अवधिको वजेट चैत २९ गते प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । अल्पकालीन वजेट १ अर्ब २ करोडको हुने प्रवक्ता चौधरीले जानकारी दिए । संसदमा पेश भएपछि नीति तथा कार्यक्रममाथि छलफल हुने र चैत २९ गते अगावै संसदबाट पारित हुने प्रवक्ता चौधरीले बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com