About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
रुपन्देहीमा अघोषित लोडसेडिङले गर्दा विद्यार्थीलाई सास्ती ।

Darpanpost शुक्रबार, चैत्र २३, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

अमृत भट्टराई /  २३ चैत बुटवल –  रुपन्देहीको बुटवल लगायतका  विभिन्न ठाउँमा अघोषित लोडसेडिङ बढेको छ ।

राष्ट्रिय प्रसारण लाइनबाट रुपन्देहीको भैरहवासम्म विद्युुुुत् विस्तार नहुदा ठुला आयोजना सञ्चालनमा अन्यौलता बढेको छ ।रुटबारे विवादले विस्तार आयोजना  २ बर्षदेखि अलपत्र परेको हो । मागअनुसार

आपूर्ति नहुँदा विशेष आर्थिक क्षेत्र , भगवान बुद्धजन्मस्थल र निर्माणाधीन गौतमबुद्ध  विमानस्थल काम समेत मर्कामा परेको छ । जिल्लामा अघोषित लोडसेडिङ छ । कम भोल्टेजले सर्वसाधारण हैरान छन् ।

बुटवल – भैरहवा खण्डअन्तरगर्त तिलोत्तमावासीको विरोधले २ बर्षअघि बुटवल – गोरुसिंगे – लुम्बिनी १३२ केभी  प्रसारण  लाइन विस्तार रोकिएको छ ।

१ अर्ब २० करोडको आयोजना आउँदो बर्ष सक्ने लक्ष्य थियो । अहिलेसम्म मैनहियामा भवनमात्र बनेको छ । अहिलेसम्म ठेक्का प्रक्रिया पुरा भएको छैन ।

अघोषित लोडसेडिङले गर्दा बाहिरी जिल्ला बाट बुटवल आएर पढ्ने , विभिन्न व्यापार गर्न , रोजगारी गर्ने लाई हर्न परेका छन् ।

विशेषगरी अघोषित लोडसेडिङले आउदै गरेको कक्षा १२को परिक्षामा राम्रोसँग पढ्न पनि अघोषित लोडसेडिङको कारणले गर्दा नपाएको गुल्मी बाट आइ कक्षा १२ मा पढ्ने  एक विद्यार्थी  सरिता पाण्डेले बताउनुभयो ।

अघोषित लोडसेडिङको कारणले नै गर्दा अरु दिन भन्दा केही समय विद्युुुुत्  काम गर्ने नदिएको एक व्यापारी सुजन पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com