अमृत भट्टराई / बुटवल चैत -१९ गते , रुपन्देहीको बुटवलमा भएको मदन भण्डारी गोल्डकप सोमबार सम्पन्न भएको छ ।
आज भएको फाइनल खेलमा थ्रीस्टार क्लबले उपाधि जितेको छ ।
आज को फाइनलमा मनाङ मस्याङ्दीलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको हो । विमल रानाको हेड गोलमार्फत अग्रता लिएपनि त्यो धैरे बेर टिक्न पाएन ।
दोस्रो हाफमा ६९ औ मिनेटमा अनन्त तामाङले बराबरी गोल गरे भने ८२ औ मिनेटमा मार्टिनले गोल हाने सँगै विजयको गोल भएको थियो ।
विजेता ले उपाधि सँगै १५ लाख कप र मेडल पाएको छ भने मनाङ उपविजेता बनेसँगै ७ लाख ५० हजार पाएको छ ।