About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
अदालतले दियो अध्यक्षको पक्षमा फैसला , जिते मुद्दा कुवँरले ।

Darpanpost मंगलबार, चैत्र २०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दर्पण पोस्ट संवाददाता / पर्वत  चैत – १९ गते ,  बिहादी गाउँपालिका  वडा नम्बर – २ वर्राचौरमा  स्थानीय निकायको निर्वाचनमा मतगणना मा धाधली भएको  भन्दै परेको रिटको उच्च अदालत पोखरा , बागलुङ इजालसले रिट निवेदकको माग दाबी नपुग्ने फैसला गरेको छ ।

वडा अध्यक्ष का लागि वर्राचौर बाट माओवादी केन्द्र बाट गोपाल पुरी , राष्ट्रिय जनमोर्चा बाट गोविन्द पौडेल  नेपाली काँग्रेस बाट गोविन्दप्रसाद उपाध्या र एमाले बाट अोम बहादुर कुवर ले चुनाव लड्नु भएको थियो । निर्वाचन आयोग का अनुसार  बर्राचौर को वडा अध्यक्ष मा एमाले बाट अोम बहादुर कुवर ले  ४०७ मत लिएर विजय हुनुभयो भनेर घोषण गरिसकेको हो । तर उनका  निकटतम प्रतिष्पधी नेपाली काँग्रेस का पाध्याले ४०१ मत पाएका थिए ।

मत नतिजा पछि मतगणनामा धाधली गरेको भन्दै  मुद्दा  हालेका थिए । उच्च अदालत पोखरा , बागलुङ इजलास न्यायाधीश हरिप्रसाद पौडेलको एकल इजलासले फिराददाबी खारेज गर्ने फैसला गरेको हो । निवेदक उपाध्यायले मतपेटिका झिकाइ कामकाज रोक्न  अन्तरिम  आदेश समेत माग गरेका थिए  र अदालतले अन्तरिम आदेश दिएको थिएनन्  भने मतपत्र भने झिकाइएको थियो ।

अदालतको फैसला सुनेपछि वडा अध्यक्ष कुवर ले भने मैले अदालत बाट न्याय पाए।

बर्राचौर मा वडा अध्यक्ष एमालेका कुवर बाहेक अन्य सदस्य नेपाली काँग्रेस बाट बिजय भएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com