– चन्द्रदेव ओझा राणा विरोधी आन्दोलनमा जीवन हारेर अमर बनेकाहरूको नाममा राखिएको शहिद गेेट। हिमालको सन्तानको सपना जस्तै पुरानो उभिएका चारमुर्तिहरुबारे पटक पटक विभिन्न लेख र चर्चाहरू पढिएको हो। नेपालको सपना पनि यो जिउँदो फोसिल जस्तै पुरानो छ। जसरी फोसिल जिउँदो उभिएर पृथिवीका बौद्धिक जमातलाई पटक पटक चर्चा र सोधहरूको निम्ति गिदी खाने गरे को छ उसरीनै हिमालका सन्तानले देख्ने गरेको सपनाले देश, राज्य र संविधानको टाउको दुखाइबस्छ। जितेको इतिहासमा कहीँ कतै एउटा शक्तिको रूपमा स्थापित भएर पनि आफ्नै निम्ति जितेको लिखावटको खेस्रा भने कहीँ उल्लेख नभएको हिमालका सन्तानहरूका आफ्नै आदिम सपना छ। त्यो सपनालाई पटक पटक गर्भधान गरिरहन्छ। अनायसै एवोर्सनमा पर्छ। यद्यपी अपि र शैपालकोकाख कहिले बाँझो भएन। उनीहरू फेरि सपना गर्भधान गर्छन्। साँच्चै सपना देख्नु कति मज्जा हुन्छ नी। उनीहरू सपनाको भारी बोकेर जिन्को बायोलोबा जस्तै पुरानो भइसकेका छन्, युगौं उभिएका छन्। फोसिल जस्ता सपनालाई जिउँदो राख्न उनीहरू उभिएका छन्, मुर्तिलाई बिच सडकको सानोपार्कमा स्थापित गरिएको आश्वासनको फेदमा। पुरानो सपनाबारे तर्क दिने धेरै ठाउँ भएर पनि विपनाको तार्किक निष्कर्ष भने नभेटेपछि टिस्टा-रङ्गीत जस्तै विस्तारै सुक्दैछ मान्छेको झिनो आशाको त्यान्द्रो। मान्छे बाँच्नुलाई पहिले सपना बाँच्नुपर्छ त्यहीँ सपनाकै भरमा अहिलेसम्म केही नहुनुको पीडामा पनि । सपनालाई बोकेर हिड्ने प्रत्येक हिमाली मुटुहरूमा बसेका सपनाहरू साँचो हुन। मलाई यहाँ अमेरिकी कलाकार तुपाक अमुर साकुरको सम्झना हुन्छ। 70 मिलियन म्युजिक भिडियो बिक्री गर्न सक्षम हुँदै विश्वविख्यात बन्ने अमेरिकी ऱ्यापर, गीतकार तथा कलाकार साकुरले सपनालाई कत्ति महत्व दिन्थे भने उनी यसो भन्थे”विपना झुटो हुन्छ, सपना सधैं सत्यको निम्ति हुन्छ।” उनको कुरालाई साक्षी राख्दै हिमालका सन्तानले सपना देख्छ, त्यो सत्यको निम्ति हो। अहिले जिन्को बायोलोबाको फेदमा देखिएका विपनाहरू झुटै हो किन भने हामिले बोकेको सपना अझै सत्यमा परिणत हुनु बाँकी छ। सत्य पर्खिएर सपना बाँचेको छ। सपनालाई जिउँदो फोसिल जस्तो बचाएर युगौं बोकिहिँड्नु एउटा निक्कै ठूलो चुनौति हो। सगरमाथा को टोपी लगाएको यो पाहाड़को टाउको सधैँ खडा रहेसम्म सपना पनि बाँचिरहनुपर्छ। तर बाँचिरहनुमात्र पनि सार्थकता हो कि होइन त्यो निक्कै गम्भीर कुरा छ। अहिलेसम्मको सफल भनिएका कुराहरूलाई सार्थक कति पार्न सकियो त्यो सोच्न सकिरहेको अवस्था नहुनु अर्कोतर सपना एबोर्सन हुन सक्ने सम्भावनाको एउटा तितो सत्यपनि स्वीकार्नै पर्छ। यत्तिबेला त्यो जर्मन कवि बर्तोल ब्रेख्तको साह्रै सम्झाना हुन्छ। उनी भन्थे, ‘ त्यो भूमि अभागी हो जहाँ नायकको खाँचो पर्दछ।’ सायद सपनालाई सत्यमा परिणत गर्न नायकहरूको भूमिका अनिवार्य रहेछ। यद्यपी आफूसित आदिम सपना भएरै पनि यो माटो खुसी छैन। आफैमा अभागिसिद्ध छ। त्यसको मुख्य कारण नेपाली जनताले नायक बनाएका वास्तविक जीवनका खलनायक हरु के.पी ओलि र प्रचण्ड जी हरुका दर्शनविहिन क्रियाकलापहरू पो हुन की? हिमालका सान्तानले साँचेको आदिम सपनालाई जिउँदो फोसिल जस्तो बचाएर पिँढि दर पिँढि यहुदीहरूले माटोको माया हस्तान्तरण गरेजस्तै यरूसेलमको मुक्तिको कुरा दोहोऱ्याइ रहे पनि एउटा युगसम्म पनि यो माटोले आफूलाई अभागी ठान्नु बाहेक केही पाएको होइन। तर्कहरू दिने ठाउँ खोजिरहेको समयलाई अब तार्किक निष्कर्षमा पुऱ्याउऩे दिशामा भने पहल हुनुपर्ने तर उल्टै विप्लव र बैद्यहरुलाई आतंकित पारेर राज्यमा द्वन्द्व सिर्जना गर्दै राज्य आतंक मच्चाउदै ब्रहमलुट गर्ने दुष्प्रयास हुँदैछ। सधैं अभागी ठान्दै आत्मग्लानीको एउटा ठिही बॉंचिबस्नु र बन्दकीमा परेको विचार र जिप लगाइएको ओठलाई खोल्ने सहास चाहियो। सपना त्यसैको मात्र पुरा हुन्छ जसले अरुको झुटो सपनाको भ्रम भन्दा पनि आफ्नै सपना देख्ने सहास गर्छ। यत्तिमा यहाँ सन्तोस हुने ठाउँ छ, सगरमाथा को काखमा निदाउँने हिमालको सन्तानले आफ्नै सपना देख्ने सहास गरेको छ। त्यही एक्लो सिसिफस सपना बोकेर एउटा आदिम समय बाँचिसकेको छ। सपना छ र नै उनीहरू पनि बॉंचिरहेको छन्। सिंगो नेपालीको सपनाको दुर्दशा त आफ्नो ठाउँमा छदै छ नेपाल भित्र नेपालबाटै उत्पिडनमा रहेको नागी मल्लको राज्य, डाक्टर के.आई.सिंह ले किर्तिमानी राखेको, शिवराज पन्त जस्ता महान व्यक्तिले जन्म लिएको र न सिर्फ बिस्वमा बल्कि अन्य ग्रहमा समेत पृथ्वी मा नेपाल नामको देश पनि छ भनेर चिनाउने महान वैज्ञानिक लुजेन्द्र ओझाको पवित्र भुमि आज ढल्दै छ, आँखा अगाडि धराशायी बन्दै गईरहेको हेरि नसक्नु छ, भित्र भित्रै उकुसमुकुस बनाएको छ र लाग्छ डोटी को विकास र समृर्धी यो हाम्रो लक्षको सपना होईन निदाएको बेला देखिने आकासमा उडिरहेको सपना मात्रै हो। जिल्लामा बिर बहादुर बलायर जस्ता कुशल अभिभावकत्व प्रदान गर्ने ब्यक्ति छदा छँदै पनि पराजित हुनु न सिर्फ कुनै पार्टी वा व्यक्ति विशेषको बल्कि सिङ्गो डोटी को सपना तुहिएको छ। अन्त्यमा यत्ति भनौ लामो समयसम्म सुत्नेहरूका छोटा-छोटा सपनाहरू नहोस।थोरै सुतेर गम्भीर सपना पाल्न सकियोस। यदी तपाईंले जिउनको निम्ति केही पाउनु भएन भने पनि मर्नको निम्ति राम्रो उद्देश्य छान्नुहोला।