About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नवलपरासीमा वडा अध्यक्षकै मिलेमतामा सिमेन्ट चोरी ।

Darpanpost शनिबार, चैत्र १७, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, चैत १६–

नवलपरासीको कावासोतीमा निर्माणाधिन पुलबाट जनप्रतिनिधिकैं रोहबरमा सिमेण्ट अबैंधानिक तवरले लगिएपछि खैंला बैंला मच्चिएको छ ।

कावासोती नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको सिमेन्ट वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तको संलग्नतामा अबैंधानिक तवरले लगिएको स्थानीयले आरोप लगाएका छन् ।

पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तकोे संलग्नतामा पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले मिलेमतो गरी चोरी गरेको स्थानीयहरको आरोप छ । पुल निर्माण स्थलमा सामाग्रीको सुरक्षाका लागि बसेका व्यक्तिलाई स्टोरको चाबी खोल्न लगाई सिमेन्ट चोरी लगिएको हो ।

राति १२ बजेको समयमा वडा अध्यक्ष नारायण पन्तले स्टोरको चाबी खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेका थिए ।

भोटी खोला निर्माण व्यवस्थापन समितिका अध्यक्ष घनलाल भुषालका अनुसार अध्यक्ष पन्तले आफू राति पुल निर्माणस्थलमा पुगेको र सिमेन्ट निकालेको स्वीकार गरेका छन् ।

वडा अध्यक्ष सहितको टोलिले सिमेन्ट लगेकोे थाहा पाएपछि कावासोती १ र देवचुली ९ का स्थानीय उपभोक्तासहित सरोकारवालाहरुको भेला समेत बसेको थियो । भेलामा बोल्ने क्रममा स्थानीयले वडा अध्यक्षले नियतवश रुपमा योजना बनाएर सिमेन्ट बेचर भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका थिए ।

सिमेन्ट वडा अध्यक्ष पन्तकै वडास्थित रिठ्ठेपानीमा निर्माण हुन लागेको बाटोमा प्रयोगका लागि लगिएको भुषालले बताएका छन् ।

यता भुषालले भने ९ सय २० को सिमेन्ट ८ सयमा पाए पछि आफुले ल्याएको बताएका छन् । वडा अध्यक्ष पन्तले भने आफू भुलवश सुपरभाइजरको विश्वासमा परि राति सिमेन्ट निकाल्नका लागि पुगेको बताउनु भएको छ ।

सुपरभाइजर गोपाल थापा भने अहिले फरार रहेका छन् । फरार रहेका थापालाई पक्राउ नगरे सम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्तले बताउनु भएको छ । उहाले अध्यक्ष नारायण पन्तले आफुले कुनैं गलत मनसायले सिमेन्ट नलगेको बताउनुभएको छ । यहाले सामाजिक कामको सिलसिलामा कहिलेकाही अपजस भोग्नु पर्ने भन्दैं आफ्नो कुनैं गलत नियत नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com