About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
स्थानपना दिवसको असवरमा विभिन्न कार्यक्रम गरिदै ।।

Darpanpost बिहिबार, चैत्र १५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

२०७४ चैत्र १५, नवलपरासी ।

नेपाल पत्रकार महासघको ६३ औ स्थापना दिवसको अवसरमा शुक्रवार देशै भर विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाल पत्रकार महासघले देशव्यापि रुपमा विभिन्न कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाउने निर्णय अनुसार नवलपरासी शाखाले वृद्धाश्रममा फलफुल वितरण गर्ने भएको छ । नेपाल पत्रकार महासघ नवलपरासी शाखाको आयोजनामा भोलि शुक्रवार कावासोती नगरपालिकाको पिठौलिमा रहेका दुइ वटा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाइ फलफुल वितरण गरिने जिल्ला अध्यक्ष होमराज रानाभाटले जानकारी दिनु भयो । रचनात्मक कार्य गर्ने केन्द्रको आग्रह अनुसार गत वर्ष जस्तै यस वर्ष पनि वृद्धाश्रममा फलफुल वितरण गर्ने निर्णय गरिएको हो । शुक्रवार विहान ९ वजे वृद्धाश्रममा पुगेर फलफुल वितरण गर्ने कार्यक्रम तय गरिएको नेपाल पत्रकार महासघ नवलपरासीका सहसचिव विष्णु गौडेलले वताउनु भयो । जिल्लाका पत्रकार महासघका सदस्य तथा सञ्चारकर्मिहरुको उपस्थितिमा फलफुल वितरण गरिने उहाले वताउनु भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com