About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद लाई सम्बोधन गर्न ।

Darpanpost बिहिबार, चैत्र १५, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

१५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) लाई सम्बोधन गर्दैछिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेकोमा नयाँ संविधानले निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ । नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । सो धाराको दफा (१) राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।

 

यही संवैधानिक व्यवस्था अनुसार, चैत १२ को मन्त्रिपरिषद् बैठकले  सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेको थियो । सरकारले गरेको आग्रह अनुसार, राष्ट्रपतिले आज संघीय संसदका सदस्यहरुलाई संयुक्त सम्बोधन गर्न लागेकी हुन् ।

संघीय संसद् सचिवालयले अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुवै सदनको संयुक्त बैठक हुने जानकारी दिएको छ । सम्बोधनको सम्पूर्ण तयारी सचिवालयले पूरा गरेको छ ।

राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com