नन्दु यादव,चैत १५ बेलाटारी । नवलपरासी काे प्रतापपुर गाउपालिका वडा ५ मा स्थापित रहेकाे गण्डक जलविद्युत प्राधिकरण सुरजपुरामा हिजाे देखि भारतबाट पावर (बिद्युत) अायात सुरु गरिएकाे छ ।भारतकाे बिहार सरकारकाे स्वामित्व मा रहेकाे भैसालाेटन बिद्युत गृहबाट हरेक दिन ३५ देखि३८ मेगावाट बिद्युत अायात गरिईएकाे गण्डक जलविद्युत प्राधिकरण सुरजपुरा का प्रमुख कपिलदेव मन्जनले बताउनु भयाे।भारत सरकार सग गण्डक सम्झाैता अनुसार प्रत्येक बर्ष काे चैत र बैशाख गरि ५४ दिन गण्डक नहरमा पानी राेकि नहर मर्मतका लागि कार्य गर्ने भएकाे हुदा नहरमा पानी काे घटाईएकाेले यस पावर हाउसबाट बिद्युत उत्पादन गर्न नसकिदा भारतकाे बिहारबाट बिद्युत ल्याईएकाे मन्जनले बताउनु भयाे ।यहाबाट उत्पादन हुन नसकेकाे ले बिहारबाट अाएकाे पावर(बिद्युत) ले गण्डक पावर हाउसबाट बुटवल र राष्ट्रिय रुपमा बिद्युत बितरण गरिएकाे छ ।गण्डक जलविद्युत काे १५ मेगावट बिद्युत उत्पादन क्षमता रहेपनि नहरमा पानी भएकाे अवस्था मा यहाँ ६.५मेगावट मात्र बिद्युत उत्पादन हुँदै अाएकाे छ।पावर हाउसमा ३ वटा ट्रवाईन रहेकाे मध्ये २ वटा ट्रवाईन मात्र सन्चालनमा रहेकाे छ भने १ वटा ट्रवाईन पुर्ण रुपले बन्द रहेकाे बताईएकाे छ।सन्चालनमा रहेकाे २वटा ट्रवाईन पनि जिर्ण अवस्था मा रहेकाे हुनाले ६.५मेगावट मात्र बिद्युत उत्पादन गरिएकाे बताईएकाे छ।नेपाल सरकार ले पावर हाउसमा ३ वटै ट्रवाईन सन्चालन गर्नका लागि बजेट छुट्याउन पर्ने वहाले भन्नू भयाे ।हामिहरु बजेटकाे पर्खाईमा छाै ,बजेट अाउने बितिकै मर्मत गरि ३ वटै ट्रवाईन सन्चालन गरिने वहाले भन्नू भयाे ।३वटै ट्रवाईन सन्चालनमा अाएपछि याे क्षेत्रमा बिद्युतकाे समस्या नहुने बताउनु भयाे ।