चैत १४ – स्थानीय तहको महोत्तरीको औरहीस्थित एक वडा कार्यालयमा
बर्दिवास–जलेश्वर सडकखण्डको छेउमै रहेको औरही नगरपालिका –२, को वडा कार्यालयको मुलगेटमा पार्टीको झण्डा झुण्डाइएको छ ।
वडा कार्यालयको परिषरभित्र नेपालको राष्टिय झण्डा नभए पनि मूल गेटमा माओवादीको झण्डा फरफराइरहेको दृश्यले वडा कार्यालय एउटा पार्टी कार्यालयको रुपमा परिचित भएको छ ।
यस सम्बन्धमा वडाअध्यक्ष विनोद पजियारले केही दिनअगाडि माओवादी समिर्थत एक बहालवाला मन्त्री आफनो कार्यालय अनुगमनको क्रममा आएको र त्यसै क्रममा कुनै कार्यकर्ताले त्यहाँ झण्डा झुण्डयाइएकाे स्वीकार गर्नुभयो ।
पछिल्लो समयमा झण्डा हटाउन नसकेको स्वीकार गर्नुहुँदै वडाअध्यक्ष पजियारले आफूले चाँडै नै कार्यालयलाई व्यवस्थित गर्दै परिषरमा नेपालको राष्टिय झण्डा झुण्डाउने प्रतिवद्धता जनाउनुभयो ।