About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
 एक महिलाकाे घरमैं सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण ज्यान गएको छ ।

Darpanpost बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

हुम्ला, चैत १४ – हुम्लाको खार्पूनाथ गाउँपालिकामा एक महिलाकाे घरमैं सुत्केरी गराउँदा उच्च रक्तश्रावका कारण ज्यान गएको छ ।

खार्पूनाथ गाउँपालिका वडा नम्बर–२, स्यारेढिलका बमबहादुर छत्यायलकी २५ वर्षीय श्रीमती मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्कीएर धेरै रगत बगेका कारण ज्यान गएको हो ।

बुधबार राति २ बजे घरमैं सुत्केरी भएकी छत्यालको साल अड्कीएर लगातार एक घण्टासम्म उच्च रक्तश्राव हुँदा ३ बजे ज्यान गएको मृतकका आफन्तले बताएका छन् । रक्तश्राब धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइए पनि छिप्रा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पुग्नुभन्दा पहिला नैं छत्यालको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाका  प्रमुख डाक्टर रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।

छत्यालले तेस्रो सन्तानको रुपमा छोरी जन्माउँदा उच्च रक्तश्राबका कारण ज्यान गएको हो । बच्चालाई जिल्ला अस्पताल, हुम्लामा ल्याएर चेकजाँच गर्दा बच्चा स्वस्थ रहेको र एसओएस बालग्राम सुर्खेत लैजाने तयारी भै रहेको डाक्टर यादवले बताउनुभयो ।

सुत्केरी अवस्थामा घरमै राख्ने चलनका कारण हुम्लामा महिलाहरुको अकालमा ज्यान जाने गरेको छ । नियमित गर्भजाँच तथा सुत्केरी गराउँदा स्वास्थ्य केन्द्रमा जानुपर्छ भन्ने ज्ञान नभएकाले पनि छत्यालको ज्यान गएको डाक्टर यादवले बताउनुभयो ।

थाली स्यारेडिल गाउँकी मनदेवी शाहीले नियमित चेकजाँच नेपालगञ्जमा गराए पनि सुत्केरी अवस्थामा माइती घर नल्ला गाउँमा बसेको अवस्थामा ज्यान गएको बताउनुभयो । बच्चालाई तत्काल स्याहार गर्न बालगृह सुर्खेतमा बुधबार नै पठाइएको प्रमखु जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com