About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
पर्साको जगरनाथपुरमा साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका छन् ।

Darpanpost बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

 

पर्सा   चैत १४

पर्साको जगरनाथपुरमा साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका छन् ।

जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४, लंगडीमा ससुराली गएका साढुदाइ र भाइबीच रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो । भारत बिहारको बेतिया जिल्ला कंगली थाना अन्तर्गत कठिया मठिया निवासी  साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराले हानेर घाइते बनाएका थिए ।

उनको  शरीरको तीन ठाउँमा छुरा हानिएको प्रहरीले जनायो । उपचारका अस्पतालमा लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साले बिनको हत्यामा संलग्न रहेको आरोपमा बिजुली मुखियाको खोजी भइरहेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले ससुराली पुगेका ज्वाइँहरुबीच मदिरा पिएपछि विवाद भएको र त्यसपछि बिजुलीले उमेशलाई छुरा हानेको बताउनुभयो ।

भारतमा अपराध गरेर लुक्न नेपाल आउने गरेका मुखियाले आफनै साढुभाइको हत्या गरेर फरार भएका छन् । प्रहरीले अनुसन्धानका लागि बिजुलीका ससुरा र सासूलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com