About Contact
१७ चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
नेपालकाे कानुन : नेताले मात्र जानुन् ।।

Darpanpost बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

नेपालकाे कानुन : नेताले मात्र जानुन् स्वर्गीय राजा महेन्द्र ले मुलुकमा छुवाछूत प्रथा निर्मुल पार्नका लागि मुलुकि एेन लागू गरेका थिए। जातीयताकाे अाधारमा मानिस ,मानिसमा भेदभाव गर्नु जगन्य अपराध हो भनिएको छ ।तर पनि छुवाछूत हटाउने र जातीय समानता ल्याउने सिद्धान्त सिद्धान्तमै सिमित रह्यो ।समाजमा लागू हुन सकेन र अझैसम्म पनि लागू हुन सकेकाे छैन ।अहिलेका नेताहरू भनाउदाले दलितहरुलाई थम्थम्याउनकाे लागि काेटा छुट्याउने वा अारक्षणकाे नाटक गरेका छन् ।नेताहरु एकातिर समानताको नारा दिन्छन् भने , अर्कोतिर अनेक नाममा सेवा क्षेत्रमा छिर्नकाे लागि अङ्शवण्डा वा सिटकाे व्यवस्था गरिदिएका छन् ।याे सरासर जातिय भेदभावको शशक्त प्रमाण हो ।जातीय भेदभाब , छुवाछूत गर्न पाईदैन भन्ने नियम कानुन बनाएकाे हाम्रो देश नेपालले फेरि विभिन्न पेसा वा जागिर खाने प्रकृयामा महिला ,जनजाति , दलित , अादिवाशि , जनजाति , मधेसी काे नाममा अारक्षण वा काेटाकाे व्यवस्था किन गर्याछ त ?? यदि मानिस मानिस सबै एउटै हुन् भने अारक्षण वा काेटाकाे व्यवस्था नगरी सबैलाई समान अवसर दिनुपर्ने हो नि होइन र ?? जातभात भन्ने कुरा हुदैन ,काटे रगत सबकाे रातै अाउछ भन्ने हामी स्वयम् अाफैले विभिन्न नाममा काेटा किन छुट्याइएका छाै त ?? याे काेटा छुट्याउनु वा अारक्षणकाे व्यवस्था गर्नु भनेको त जातीय भेदभावको एक शशक्त उदाहरण होइन र ?? अर्काे कुरा यदि समानता हो ,सबैलाई समान अवसर प्रदान गरिएको हो भने ,दलितलाई ६५ वर्षमै भाेक लाग्ने , राेग लाग्ने , खान र अाैषधि उपचार गर्नुपर्ने तर अरुलाई ७० वर्ष कुर्नुपर्ने किन ?? यो कस्तो समानता हो ?? हाम्रा सम्मानिय नेताहरु माथि मेरो प्रश्न ।। अर्काे मुख्य कुरा दलित ,महिला , जनजाति , अादिवाशि , मधेसी असक्षम भएतापनि काेटाकाे अाधारमा राष्ट्रसेवा (जागिर ) गर्न पाउने रे !! अनि बाह्मण भने याेग्य र दक्ष भएता पनि यिनै अनेक नाममा छुट्याइएका काेटाहरुकाे कारणले गर्दा राष्ट्रसेवा गर्न नपाई पछाडि हट्नुपर्ने (खुम्चिनुपर्ने ) यो कस्तो बिडम्बना !! काेटाकाे अाधारमा सेवाक्षेत्रमा प्रवेष गरेका नागरिक (कृपापात्र ) हरुले राष्ट्र वा जनतालाई के प्रभावकारि रुपमा सेवा प्रदान गर्न सक्लान् त ?? काेटाकाे अाधारमा उत्तीर्ण भएर शिक्षण क्षेत्रमा प्रवेष गरेका शिक्षकले कस्ता विद्यार्थी उत्पादन गर्लान् त ?? हाम्रा नेताहरू काे अबपनि यस्तै चाल हो भने यो देशको अवस्था झन् कति दयनीय बन्ला ? सम्झिदा पनि मुटु भक्कानिएर अाउछ ।। कस्तो अचम्म !!! विष्णु ज्ञवाली कालिगण्डकि गाउँपालिका -६ खङ्गकाेट(उर्लेनि ) गुल्मी हाल चितवन

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com