About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
दाङमा चितुवाको छालासहित एक जनालाई प्रक्राउ

Darpanpost बुधबार, चैत्र १४, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

दाङ १४ चैत ,

जिल्ला प्रहरी कार्यलय दाङ चितुवाको छालासहित एक जनालाई प्रक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसार पसार तथा विक्रि वितरण गर्दै आएको गोप्य सूचनाका आधारमो घोराही उपमहानगरपालिका १७ चौघेरामा डेरा गरि बस्ने २० बर्षीय सुनिल सुनारलाई एक थान चितुवाको छाला र आठ वटा दातसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो ।u9

जिल्ला प्रहरी कार्यालयले आज कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्युठान स्वर्गद्धारी नगरपालिका ५ घरभई हाल चौघेरामा डेरा गरि बस्ने परियारलाई चितुवाको छाला,आठ थान दातसहित मंगलवार साझ पक्राउ गरि सार्वजनिक गरेको हो । प्रक्राउ गरेको छाला,दात र व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयलाई बुझाउन थालेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभएको हो

पक्राउ गरिएको चितुवाको छाला ५ फिट ११ इन्च लम्वाई र ४ फिट ३ इन्च र्चौडाई रहेको छ । ‘पछिल्लो समय दाङलाई ट्राजिट बनाएर अवैध दुर्लभ बन्यजन्तुको छाला,हाड तस्करी बढेको पनि पत्रकार सम्मेलनमा जनकारी गराईएको थियो । अवैध कारोवार रोक्नकालागि प्रहरी संक्रिय रुपमा लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com