About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
लिमिठानामा आयोजित चैत्राष्ठमी मेला भव्य रुपमा सम्पन्न ।

Darpanpost सोमबार, चैत्र १२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

निर्मल पौडेल १२ चैत्र, पर्वत ।
जिल्लाको फलेवास नगरपालिका ७ लिमिठानामा आयोजित चैत्राष्ठमी मेला सोमवार सम्पन्न भएको छ । खेल कला तथा स्थानिय संस्कृति र पर्यटनको संरक्षण प्रवद्र्धन गर्ने भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि यसै वर्ष वाट शुरु गरेको मेला भव्य रुपमा सम्पन्न भएको हो । लिमिठाना स्पोर्ट क्लवले चैत्र ९ गतेवाट विविध खेलकुद संगै आयोजना गरेको साँस्कृति कार्यक्रममा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता संगै खुल्ला नृत्य प्रतियोगिता समेत सम्पन्न भएका छन् । खुल्ला भलिवल प्रतियोगितामा लिमिठाना ,ठानामौला ,देविस्थान , भँगरा फलामखानी , स्याङ्जा घण्टेदेउराली, लिमीठाना रुम्टा लगायतका स्थानवाट प्रतिस्पर्धी १० टिमको सहभागिता रहेको थियो । निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा आयोजक लिमिठाना स्पोर्ट क्लव प्रथम,भँगरा नवविकास युवा क्लव द्धितीय र रुम्टा युवा क्लव लिमिठाना तृतीय भए । प्रथम, द्धितीय र तृतिय हुनेले क्रमश नगद रु १५ हजार ट̭फी मेडल सिल्ड र प्रमाणपत्र,नगद रु १० हजार ट̭फी मेडल सिल्ड र प्रमाणपत्र त्यस्तै नगद रु ५ हजार ट̭फी मेडल सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै खुल्ला नृत्य प्रतियोगितामा सदिक्षा सुनार प्रथम,करिष्मा विश्वकर्मा द्धितीय र प्रतिमा परियार तृतिय भएका छन् । प्रथम द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ सय प्लस प्रमाणपत्र, रु १ हजाार प्लस प्रमाण पत्र र तृतिय हुनेले नगद रु ५ सय प्लस प्रमाणपत्र प्राप्त गरेका छन् । फ.न.पा. सात का वडाअध्यक्ष हरिराम रेग्मिले समुद्घाटन गर्नुभएको कार्यक्रममा स्पोर्ट क्लवका सल्लाहकार तेज प्रसाद पौडेल अध्यक्ष केशरराज पन्त,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दीय प्रतिनिधि शिक्षक शारदा शर्मा, पत्रकार तथा कलाकार निर्मल पौडेल एन. पि. घायल ,लिमिठाना माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पन्त, स्थानिय समाजसेवी, वुद्धिजिवी खेलप्रमी ,कलाप्रेमीहरुको आतिथ्यता संगै भु.पु विद्यार्थीहरु लगायत करिव ३ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य दिपक सुनारले गरेका थिए । कार्यक्रमलाई भव्य रुपमा सफल पार्न देश विदेशमा छरिएर रहेका स्थानियले आर्थिक तथा भौतिक सहयोग गरेका थिए । कार्यक्रममा वोल्ने वक्ताहरुले मेलालाई एतिहासिक रुपमा हेर्दै निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com