दिपेश विश्वकर्मा पर्वत ।
रेडियो कुशुम ९० मेगाहर्जको समवन्य तथा कुश्मा नगरपालिका ६ को आयोजनामा महिलाहरुका लागि तिन दिने नेतृत्व विकास तथा वाक कला तालिम आज समपन्न भएको छ । तालिममा ३५ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वोल्दै कुश्मा नगरपालिका ६ का अध्यक्ष रुद्र गिरीले तालिममा सहभागि महिला दिदिवहिनीहरुलाई धन्यवाद दिंदै महिला जागरुक र सक्षम भए मात्रै समाज विकसित हुने भन्दै तालिम प्रभावकारी भएको र आगमि दिनमा यस्तै महिला शसक्तीकरण तथा आत्मानिर्भरका कुराहरुमा जोड दिने वताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय पुर्व वरिष्ठ उपाध्यक्ष , पत्रकार महासंघ नेपाल पर्वतका निर्वतमान अध्यक्ष तथा तालिमका प्रशिक्षक दुर्गा प्रसाद शर्माले प्रशिक्षार्थिहरुलाई वधाई दिंदै तालिम भनेको प्रमाण पत्र प्राप्त गर्नु मात्रै नभई सिकाई प्रभावकारी वनाउनु आवश्यको रहेको वताउनुभयो ।
कार्यक्रममा पत्रकार महांसघ पर्वतका सचिव तथा रेडियो कुशुमका सचिव गणेश गिरी,सक्रीय महिला संजालकि अध्यक्ष सरिता भण्डारी सरु,कार्यपालिका सदस्य सुमित्रा पौडेल,प्रशिक्षार्थिको तर्फवाट निशा घिमिरेले मनत्वय राख्नुभएको उक्त कार्यक्रमको संचालन पत्रकार अर्जुन थापाले गर्नुभएको थियो । तालिममा प्रेस चौतारी नेपालका केन्द्रिय पुर्व वरिष्ठ उपाध्यक्ष , पत्रकार महासंघ नेपाल पर्वतका निर्वतमान अध्यक्ष दुर्गा प्रसाद शर्मा,पत्रकार तारानाथ आचर्य,रेडियोका स्टेशन प्रमुख कृष्ण अखेली र अर्जुन थापाले सहजिकरण गर्नुभएको थियो ।