About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
यस वर्षको जानकी साहित्य पुरस्कार सूव सेनलाई

Darpanpost सोमबार, चैत्र १२, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी, चैत १२। 
किरण पुस्तकालय गुल्मीले ‘जानकी साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दै यस वर्षको जानकी साहित्य पुरस्कार साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) लाई प्रदान गर्ने निर्णय गरेको हो ।
गएको लामो समय देखि नेपाली भाषा, साहित्यका दीर्घसेवक, आख्यानकार, नाटककार एवं कवि रहेका सेनलाई जानकी साहित्य पुरस्कार प्रदान गर्न लागिएका किरण पुस्ताकालयका सचिव दिन पन्थीले जानकारी दिनुभयो ।
त्यस पुरस्कार आउँदो मोती जयन्तीका दिन प्रदान गरिने छ ।
साहित्य प्रति अत्यन्तै रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारद्वारा जानकी ज्ञवाली गौतम प्रतिष्ठान गठन गरी किरण पुस्तकालयमा १ लाख ५१ हजार १ सय ५१ रुपैंयाँको अक्षकोष स्थापना गरेको छ ।
कोषको ब्याजबाट प्रत्येक वर्ष त्यस पुरस्कार प्रदान गर्ने किरण पुस्तकालयले जनाएकोे छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com