About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
नवलपरासीका बोटे र माझी समुदायले गाउँमै पोखरी खनेर माछापालन सुरु

Darpanpost आइतबार, चैत्र ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी, चैत ११-
चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदी र आसपासका खोलामा माछा मार्न रोक लगाएपछि नवलपरासीका बोटे र माझी समुदायकामानिस गाउँमै पोखरी खनेर माछापालन गर्न थालेका छन् । माछापालन थालेपछि यो समुदायको दैनिक जीवनमै पनि परिवर्तन आएको छ ।
नारायणी नदीमानिकुञ्ज र मध्यवर्ती क्षेत्रले माछा मार्नमा कडाई गरेपछी यो समुदायको पुख्र्याैली पेशा र जिविकोपार्जनको माध्ययम नै संकटमा परेको थियो । निकुञ्ज क्षेत्रमा माछा मार्न जाँदा निकुञ्ज प्रशासनले आफुहरुलाई धरकपड गर्ने समस्याका कारण पनि आफुहरुले समुह नै गठन गरी माछा पोखरी निर्माण गरेको सोहि स्थानका रामबहादुर विकले बताए ।
मध्यवर्ती वन क्षेत्रले पोखरी खन्न जमिन उपलव्ध गराएपछि अहिले सामुहीक रुपमा माछा पालन गरेर आफ्नौ घरखर्च मात्र होईन वचत समेत गर्न थालेका छन् ।
बोटे समुदायले समुह गठन गरी यसै मार्फत माछापालन थालेका हुन् । माछापालनले उनीहरुलाई बचत गर्ने बानीको समेत विकास गराएको छ । प्रत्येक सदस्यले मासिक पाँच सय बचत गर्ने गरेका छन् ।
परम्परागत पेशाले आधुनिक समाजमा प्रतिस्पर्धा गर्न नसकिने बुझाइ यो समुदायको छ । मध्यवर्ती ,माझीमुसहर बोटे कल्याण समिति, सहमति लगाएको संस्थाहरुको सहयोगमा बोटे समुदायले माछापालन थालेका हुन् । अहिले पहिलो चरणमा नवलपरासीमा ५० ओटा पोखरी खनेर माछा पालन गरिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com