About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
विकास र संम्बृद्धि भनेकै जनताको जिवन स्तर माथि उकास्नु होः मुख्य मन्त्री पोखरेल

Darpanpost आइतबार, चैत्र ११, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

देवी भण्डारी

हापुरे ११ चैत ,

प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोख्रेलले विकास र संम्बृद्धि भनेकै जनताको जिवन स्तर माथि उकास्नु भएको बताउनु भएको छ । आज बबई गाउंपालिकाको आयोजनामा पुरन्धारा झरनामा भएको बबई गाउपालिकाको विकासमा जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शंकर पोख्रेलले यस्तो बतोनु भएको हो । मुख्य मन्त्री शंकर पोख्रेलले आफ्नो क्षेत्रको लागी विकासको ढोका आफैले खोल्न सुरुवात गनु पर्ने भन्दै पालिकाले विकासको सुरुवात गरे गाउँपालिकाले गरेको सुरुवातको दोब्बर पहल र काम गर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको बिकासका लागि प्रदेश सरकारले बजेट विनीयोजन गर्ने पनि बताउनु भएको छ ।पर्यटनक्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीयस्थलको बिकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो । सधै अरुले काम गरोस् भन्ने चाहाना हुने भन्दै मुख्यमन्त्री पोखरेलले आफुबाट योजना निर्माण गरेर अरुबाट आश गर्न आग्रह गर्नुभएको थियो ।

 

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायचित रुपमा बिकासका पुर्बाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताउनुभएको थियो । सबैले सरकारबाट अपेक्षा गर्ने भन्दै जनताले पनि गाउँठाउँको बिकासमा ध्यान दिन सकेमा बिकासको गतिले तीब्रता पाउने बताउनुभएको थियो ।

त्यस अवसरमा प्रदेशसभा सदस्य उत्तरकुमार वलीले प्रदेश बाट आउने कुनै जिकासका काममा बबइको विकासको लागी लगाउन कन्जुसाई हुन नदिने बताउनु भएको छ ।

धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, पुरन्धारा वनमहासंघका अध्यक्ष चुडामनी कडेल ,कापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाल आइतबारे पाण्डेय लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले पुरन्धारा झरना र समग्र बबई गाउँपालिकाको बिकासका लागि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष सावित्रा बिश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार वलीले गर्नुभएको थियो । कार्यक्रममा बबई गाउँपालिकाका स्थानीयबासी, जनप्रतिनीधि, राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो ।।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com