About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पर्वतका दुई गाउँपालिकामा छैन खकार परिक्षण सुबिधा क्षयरोग पहिचानमा कठिनाई

Darpanpost शनिबार, चैत्र १०, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत/ पर्वत जिल्लाका दुई वटा गाउँपालिकामा नै खकार परिक्षणका लागि माइक्रोस्कोपको सुबिधा नहुँदा क्षयरोग पहिचानमा कठिनाई भएको छ।
पर्वतको जलजला र मोदी गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा खकार परिक्षणका लागि माइक्रोस्पकोपको अभाब हुँदा क्षयरोग पहिचानमा कठिनाई भएको हो ।
स्थानिय स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीमा पुग्ने बिरामीहरुको खकार परिक्षण सोही स्थानमा गर्दा सहज हुने गर्छ तर लामो समय देखि यी दुई गाउँपालिकामा उक्त सुबिधा नहुँदा क्षयरोगी पहिचान गर्न कठिन भएको छ । अहिले खकारको नमुना संकलन गरेर जिल्ला अस्पतालमा रहेको ल्याबमा ल्याउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी खकार ल्याउने क्रममा समयमा ल्याउन नसक्दा नष्ट हुने र पहिचान गर्न समेत समस्या हुने जनस्वास्थ्य अधिकृत सजिना महर्जनले बताइन । ‘सम्बन्धीत स्वास्थ्य संस्थामा वा नजिकै खकार परिक्षण गर्दा क्षयरोग पहिचान गर्न सजिलो हुन्छ, तर टाढा ल्याउँदा र समय बढी लाग्दा त्यसलाई सुरक्षित गर्न नै कठिन हुन्छ’ उनले भनिन ‘गाउँपालिकाहरुले माइक्रोस्कोप खरिद गरेर त्यो सुबिधा दिन सके पहिचान सहज हुन्छ’ केन्द्रिय कार्यक्रम अन्र्तगत पर्वतमा क्षयरोगी पहिचानका लागि दिइएको अनुमानित संख्या समेत पर्वतले कहिल्यै पुरा गर्न सकेको छैन । पर्वतले ६० प्रतिशतका दरमा मात्रै बार्षिक लक्ष्य हासिल गर्दै आएको छ ।
जलजला गाउँपालिकाले यस बर्ष माइक्रोस्कोप खरिद गर्ने कार्यक्रम राखेको जानकारी आएको कार्यालयमा आयोजित सञ्चारकर्मी संगको अन्तरकृयामा जानकारी दिइयो तर मोदी गाउँपालिकाले यस बर्ष पनि कार्यक्रम नराखेको उनीहरुले बताए । गाउँपालिकाहरुले योजना तर्जुमा गर्दा माइक्रोस्कोप खरिद गर्नकालागि कार्यक्रम राख्न सुझाब दिइएको महर्जनले बताइन ।
पर्वत जिल्लामा उत्तरमा भन्दा दक्षिणमा बढी क्षयरोगी देखिएका छन । जलजला र मोदीमा खकार परिक्षणको सुबिधा नहुँदा कम बिरामी देखिएको हुन सक्ने अनुमान पनि छ तर लामो समय देखि नै पैञ्यु र बिहादी गाउँपालिकामा क्षयरोगी बढी देखिएका छन । पर्वतमा यस बर्ष फागुन महिना सम्म ५६ जना नयाँ क्षयरोगी भेटिएको अन्तरकृयामा जानकारी दिइयो । गत बर्ष १ सय जना बिरामी पहिचान भएकोमा ८७ जना बिरामी प्रत्यक्ष निगरानीमा राखेर उपचार गरेपछि निको भएको कार्यालयका क्षयकुष्ठ निरीक्षक जर्नादन गिरीले जानकारी दिए । प्रत्यक्ष निगरानीमा राखेर गरिने उपचार बिधी(डस्ट)का कारण बिरामीहरु नियमित रुपमा औषधी सेवन गर्दा क्षयरोगबाट मुक्त हुँदै आएका छन । बिचमै औषधी खान छाड्ने मृत्यु हुनेको संख्या भने कम छ । तर बिचमै औषधी खान छोड्दा क्षयरोग पून बल्झेमा पछि उपचार नै नहुने समस्या छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com