।।
चैत्र १०,दिपेश विश्वकर्मा रेडियो कुशुम
कुश्मा नगरपालिका ६ को आयोजना तथा सामुदायिक रेडियो कुशुम ९० मेगाहर्जको समन्वयमा महिलाहरुका लागि तिन दिने नेतृत्व विकास तथा वाक कला तालिम आज एक कार्यक्रमका विच शिवालय माविको स्रोत केन्द्र कार्यलयमा सुरु भएको छ ।
तालिमको उदघाटन गर्दे कुनपा ६ का वडा अध्यक्ष रुद्र गिरिले महिलालाई जागरुक सक्षम तथा समाज,देशमा नेतृत्वदायि भुमिका निर्वाह गर्न यो तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहांले महिलाहरुमा रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा रेडियो प्रति आभर व्यक्त गर्नुभयो । रेडियोका स्टेशन प्रमु्ख कृष्ण अखेलीको स्वागत मन्तव्य,रहेको उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष,नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष दुर्गा प्रसाद शमा,रेडियो संचालक समितिका सचिव तथा पत्रकार महासंघका सचिव गणेश गिरी,सक्रीय महिला संजालका अध्यक्ष सरिता भण्डारी सरुले तालिम सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । तिन सम्म चल्ने उक्त कार्यक्रममा ३५ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको छ । आज संचालित पहिलो दिनको प्रशिक्षण पत्रकार तारानाथ आचर्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन अर्जुन थापाले गर्नुभएको थियो ।