About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
पर्वतका एकजना ११ बर्षे बालक ठुला देखि साना चोरीका घटनामा संलग्नता

Darpanpost बिहिबार, चैत्र ०८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत / युवाहरु चोरीका घटनामा श्रुङ्गलाबद्ध रुपमा लाग्ने गरेको घटना नौलो होइन तर पर्वतका एकजना ११ बर्षे बालक नै ठुला देखि साना चोरीका घटनामा संलग्नता देखिएको छ ।
पर्वत जिल्लामा बिगत केही महिना देखि बिभिन्न स्थानहरुमा भएका चोरीका घटनामा ११ बर्षिय बालक कै संलग्नता पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ११ बर्षिय जीवन दमै(नाम परिर्वतन) नै बिभिन्न मितिमा भएका चोरीमा संलग्न भएको देखिए भएको छ । कुस्माको मेलमिलापचोकमा जीपमा राखेको नगद चोरी गरेर भाग्दै गरेका अबस्थामा उनी पक्राउ परेपछि यस अघि पर्वत, बागलुङ्ग र म्याग्दीमा भएका धेरै चोरीका घटनामा आफुँ संलग्न भएको उनले स्विकार गरेका छन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ४ बस्ने २२ बर्षिय हिरा पुनले सोमबार कुस्माबजारमा रहेको प्रभु बैंकबाट झिकेर जीपमा राखेको ९० हजार रुपैया नगद सहितको झोला चोरी गरेर भाग्दै गर्दा ती बालकलाई प्रहरीले पक्रेको थियो । बैंकबाट रकम झिकेर ग१ज ६६१५ नम्वरको जिपमा कुश्माबजारको मेलमिलाप चोकमा राख्ने बेला सम्म पिछा गर्दै गएका ती बालकले कोही नभएको मौका छोपी गाडीबाट नगद सहितको झोला चोरी गरेर भागेका थिए । यस अघि माघ ७ गते राति जलजला गाउपालिका वडा न.३ वारिवेनी वजारबाट भएको १ लाख २० हजार नगद, मोवाईल चोरीको घटनामा पनि ती बालक नै संलग्न थिए । चोरीमा संलग्न भएका ती नावालकलाई अभिभावकको रोहवरमा अव आईन्दा यस्ता कृयाकलाप नगर्न सम्झाएर अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यस क्षेत्रमा पटक पटक भएका चोरीका घटनामा ब्यबसायिक रुपमा नै एक जना बालक संलग्न भएको अनुसन्धानवाट खुल्न आएको हुदा यस्ता घटनाहरु अवका दिनहरुमा समेत घट्न भएकाले जिल्ला प्रहरी कार्यालयले सचेत हुन सबै नागरिकलाई अनुरोध पनि गरेको छ । ‘यस क्षेत्रमा भएका साना तथा ठुला चोरीका घटनामा एघार बर्षका उनै बालक संलग्न भएको देखिएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक थापाले भने ‘बालबालिका नै श्रृङ्गखलाबद्ध चोरीका घटनामा संलग्न भएको देखिएकाले सबै सचेत हुन जरुरी छ ।’

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com