About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
रिलिज नहुँदै ‘शत्रुगते’ले काठमाडौंका हल हाउसफूल

Darpanpost बिहिबार, चैत्र ०८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

सार्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

यससँगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरि पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

फिल्म युनिटका कसले के भने ?

हरिवंश आचार्य :

फिल्मको बुकिङ खुलिसकेपछि दर्शकले देखाउनु भएको उत्साहले हर्षित छौँ । हामीले आफ्नो काम राम्रो गर्ने प्रयास गरेका छौँ र दर्शकको रुची अनुसारकै फिल्म बनाएका छाैँ जस्तो लाग्छ ।

फिल्म शुक्रबार रिलिज हुदैछ । फिल्मलाई हामीले मनोरञ्जनको पूर्ण प्याकेज बनाउने कोसिस गरेका छौ । फिल्मले हसाउँछ , रुवाउँछ ।

किरण केसी :

बुकिङ राम्रो भएको छ, साथै हामीले हल संख्या पनि राम्रो पाएका छाैँ । जसरी गीत संगीत र ट्रेलरलाई दर्शकले रुचाइदिनु भएको छ त्यसरी नै फिल्म पनि मन पराउनु हुन्छ भन्नेमा विश्वस्त छौँ । हामीले हाम्रो अनुभवले बनाएको फिल्मलाई दर्शकले रुचाउने किसिमले नै तयार पारेका छौ ।

प्रदीप भट्टराई :

मैले फिल्मलाई मदन दाइ हरि दाइको फ्यानसँगै दीपक दाइ , दीपा दी, प्रियंका , पल , आँचल सबैको फ्यानलाई हुने गरी बनाउने प्रयास गरेका छौँ । मैले स्टारडम भन्दा पनि क्यारेक्टर अनुसार फिल्ममा प्रस्तुत गरेको छु ।

कथा अरुभन्दा फरक होइन केवल प्रस्तुतिलाई रमाइलो बनाउने प्रयास गरेका छौ । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com