About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
फलेबास नगरपालिकामा बिद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु

Darpanpost बिहिबार, चैत्र ०८, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत / पर्वतको फलेबास नगरपालिकाले बिद्युत महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको छ । फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा चार दिन देखि महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको हो । लामो समय देखि बिद्युत महसुल नतिरेका ग्राहकको लाईन काट्ने निर्णय गरेपछि वडा अध्यक्ष बाबुराम शर्माको नेतृत्वमा चार दिन देखि धेरै लाईन काटिएको छ । महसुल नतिर्ने कसैलाई पनि काखापाखा नगरि बिद्युतको लाईन काटिएको अध्यक्ष बाबुराम शर्माले बताए । ‘बिद्युत उपभोग गर्ने तर महसुल नतिरेको लामो समय भएकाले उपभोक्ता समितिको निर्णय अनुसार सबैको लाईन काटिएको हो’ उनले भने । अभियानका क्रममा वडामा बिद्युत महसुल नतिरेका सबै ग्राहकको लाईन काट्ने उनले जानकारी दिए ।
फलेबास नगरपालिकाको वडा नं १ कार्किनेतमा ४ सय ६५ घरधुरी रहेका छन । सामुदायिक बिद्युतीकरण मार्फत उपभोक्ताले श्रमदान गरि गाउँमा बिद्युत बालेका थिए । सामुदायिक बिद्युतीकरण भएको दशक भन्दा बढी भैसकेको छ । केही उपभोक्ताले समितिलाई अटेर गरेर बिद्युत महसुल तिर्न आनकानी गरेकाले लाईन नै काट्नु परेको वडा अध्यक्ष बाबुराम शर्माले बताए । बिद्युतको लाईन काटेपछि उपभोक्ताले धमाधम बक्यौता तिर्न थालेका छन । एकै दिन ६० हजार रुपैयाका दरमा बक्यौता समेत उठिरहेको छ । बिहान लाईन काटेपछि हातहातमै पैसा लिएर बुझाउन थालेका छन । ‘बिहान लाइन काटेपछि साँझ बक्यौता तिर्न थालेका छन’ उनले भने ‘लाईन काटेपछि जोड्दिनुपर्ने अवस्था आएको छ’ फलेबास नगरपालिकाले सबै वडामा बक्यौता उठाउन यसरी नै लाईन बन्द गर्ने योजना बनाएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका अधिकाँश वडामा सामुदायिक बिद्युतीकरणबाट बत्ती बलेको हो । अहिले महसुल नतिर्ने लगायतका समस्याले समिति आर्थिक संकटमा पर्दा मर्मतको काम समेत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com