About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
बलेवा बिमानस्थलमा परिक्षण उडान सफल

Darpanpost मंगलबार, चैत्र ०६, २०७४ मा प्रकाशित

featured photo: Darpanpost

बागलुङ । चैत ९ गतेदेखि नियमित हवाई सेवा सञ्चालन हुन लागेको बलेवा बिमानस्थलमा सोमबार तारा एयरले परिक्षण उडान गरेको छ । प्राबिधिक पक्षको परिक्षण गर्न सोमबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ ।

सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको (एन) केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो । बिहान ११ बजे पोखराबाट उडेको बिमान ११ बजेर १० मिनेट जाँदा बलेवामा अवतरण गरेको बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । सोमबार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानियको बिमान हेर्न भिड लागेको थियो ।

आगामी चैतको ९ गते तारा एयर र चैतको १५ गते नेपाल एयरले पहिलो नियमित उडान भरेपछि बलेवा बिमानस्थल नियमित सञ्चालनमा आउने छ । प्रत्येक हप्ताको आईतबार तारा एयर र बिहिबार नेपाल एयरलायन्सले उडान गर्ने गरी सम्झौता भएको बागलुङ नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com